लण्डन असार ७ ।

बेलायतमा स्वास्थ, धन र नेतृत्व विकासलगायत विषयमा आगामी जुलाई ३ र ४ तारिखमा एक विशेष कार्यक्रम आयोजना गरिएको छ ।
‘अनलिस योर इनरसेल्फ’ शीर्षकमा हुने सो कार्यक्रममा सम्बन्धित क्षेत्रका विज्ञहरुको उपस्थिति रहने आयोजक माउसटेल वेब सर्भिसेस् अल्डरसटका निर्देशक मान गुरुङले जानकारी दिए । बेलायतको स्थानीय समयअनुसार बिहान ९ देखि दिउँसो २ बजेसम्म हुने कार्यक्रममा नेपाल, बेलायत लगायत संसारभरबाट सहभागी हुन पाइने निर्देशक गुरुङले बताए । उनका अनुसार सशुल्क हुन लागेको कार्यक्रमबाट वचत रकमको निश्चित प्रतिशत कोभिड महामारी पीडित नेपालका दुर्गम क्षेत्रमा सहयोग गर्ने पनि घोषणा गरिएको छ ।
सो कार्यक्रम आयोजना गर्नुको कारण खोतल्दै गुरुङ भन्छन्, ‘हामीले नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई कसरी रुपान्तरण गर्ने, कसरी विकास गर्ने, कसरी प्रगति गराउने भन्ने सोचले डिजाइन गरिएको कार्यक्रम हो । समुदायमा सामाजिक कुरालाई कसरी अझ प्रभावकारी बनाउने, कसरी उपलब्धि हासिल गराउने भन्नेमा अनुभवी लेक्चरहरुले जानकारी दिने उनको भनाइ छ ।
यसपटक अन्तर्राष्ट्रिय रुपमा परिचित कोच एनएलपी हिलर इन्द्र गुरुङ, मिडियाकर्मी दीपेन्द्र श्रेष्ठ र डा। मिलन ज्ञवाली कोच रहेका छन् । उहाँहरुको विभिन्न क्षेत्रमा दक्षता छ । यस्तै बेलायतमा नेपाली समुदायबाट पहिलो रिटेल इन्भेस्टर एवं ठूला होलसेलहरु सञ्चालक प्रोपर्टी इन्भेस्टर आशबहादुर गुरुङ र मान गुरुङ आफ्नै पनि प्रस्तुति रहनेछ ।
बेलायतमा जुन २१ तारिखमा हुने कोभिड १९ सम्बन्धी नियमहरुलाई हेरेर कार्यक्रमको तरिका निर्धारण गरिने छ । नेपालबाट जुममा र बेलायतबाट प्रत्यक्षरुपमा भेट हुने शुरुको सोच आयोजकहरुको छ । यस कार्यक्रमले नेपाली कम्युनिटीलाई एक कदम अगाडि विश्वास आयोजकको छ ।






