नेपालमा बाढीपहिरो र डुबानमा परी एक सातामा २० जनाको मृत्यु

SHARE:

काठमाडौं असार ७ ।

पछिल्लो एक सातामा देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी २० जनाको मृत्यु भएको छ ।

सो अवधिमा २१ बेपत्ता र २० जना घाइते भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ८०६ जनाको उद्धार भएको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार सिन्धुपाल्चोक, जुम्ला, कास्की, बैतडीलगायत स्थानमा आज पहिरो गएको छ । बाढीपहिरोका कारण सिन्धुपाल्चोकमा २० र बाजुरामा एक घाइते भएका छन् ।

बाढीका कारण देशभर सात सय ४८ घरका तीन हजार २५८ जना विस्थापित भएका छन् । २१० घर डुबानमा परेका छन् । ६३० पशु चौपाया मरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!