कोटा तोकेर आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुलाउने सरकारको निर्णय

SHARE:

काठमाडौं असार ८ ।

सरकारले कोटा तोकेर आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुलाउने निर्णय गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले गन्तव्य र वायु सेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । आन्तरिक उडानतर्फ कुल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्ने गरी कोटा तोकिएको छ । गन्तव्य र हवाई कम्पनीको कोटा नागरिक उड्डयन प्राधिकरणले तोक्नेछ ।

यस्तै अन्तर्राष्ट्रियतर्फ काठमाण्डौ– दोहा रुटमा हप्तामा चार उडान हुनेछन् । यस्तै काठमाडौं –इस्तानबुल र काठमाडौं –दुबई रुटमा पनि हप्तामा चार वटा उडान हुनेछन् । दमाम, कुवेत, मलेसिया, दक्षिण कोरिया र जापानमा पनि कोटा तोकेर उडान सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!