वैवाहिक वर्षगाँठ‍मा तमुधिं यूके उपाध्यक्ष दम्पतीद्वारा नेपालमा १ लाख ११ हजार सहयोग

SHARE:

लन्डन असार १० । वैवाहिक वर्षगाँठको अवसरमा तमुधिं यूकेका उपाध्यक्ष हरि गुरुङ दम्पतीले नेपालमा १ लाख ११ हजार सहयोग गरेका छन् ।

पर्वत जिल्ला चारभञ्ज्याङ ठानागाउँ भई, पोखरा हुँदै यूके निवासी विशिष्ट व्यक्तित्व गुरुङ र सन्ध्या गुरुङले बुधबार आफूहरुको ३० औं वैवाहिक वर्षगाँठको अवसरमा तमुधिं नेपालद्वारा निर्माणाधीन तमु सामुदायिक भवनका लागि १ लाख ११ हजार १११/- (एक लाख अघर हजार एक सय एघार) सहयोग गरेका हुन् । उक्त सहयोगपश्‍चात गुरुङ दम्पतीले तमु धिं नेपालको संरक्षक सदस्यको सम्मान ग्रहण गरेको तमुधिं नेपालका अध्यक्ष एवं सञ्‍चारकर्मी हुमबहादुर गुरुङ तमुले जानकारी दिए ।

कास्कीको पोखरा महानगरपालिका ९ नयाँबजारमा बन्दै गरेको दुई तले सामुदायिक भवन र तमु संस्कृति झल्कने स्वागतद्वाराको चैत १२ गते गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले एक समारोहबीच शिलान्यास गरेका थिए ।

भवनको लागत १ करोड ४२ लाख ८५ हजार ७१४ रहेको तमु धिंले जनाएको छ । लागत रकममध्ये ७० प्रतिशत सरकारबाट र बाँकी ३० प्रतिशत सहयोग संकलन गर्ने योजना छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!