राष्ट्रपति भण्डारीद्वारा संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त

SHARE:

काठमाडौं असार १० ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिभिन्न संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त गरेकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको संवैधानिक परिषद्को सिफारिशमा राष्ट्रपतिले पदाधिकारी नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। बिहीबार राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गरी पदाधिकारी नियुक्त गरेको जनाएका छन् ।

सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरेको थियो। त्यसको विरोधमा परिषद्का सदस्य एवं प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा परिषद्को बैठक बहिष्कार गरेका थिए।

दुई जनाले बैठक बहिष्कार गरे पनि परिषद्ले संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिश गरेको थियो। प्रतिनिधि सभा विघटन गरिएकाले उनीहरूको संसदीय सुनुवाइ पनि भएको छैन। संसदीय सुनुवाइबिना नै राष्ट्रपतिले संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेकी हुन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!