बेलायती महारानीको जन्मोत्सवमा गोरखा क्याप्टेन शाह सम्मानित

SHARE:

लण्डन असार १० ।

बेलायती महारानीको जन्मोत्सवको अवसरमा एक गोरखा अधिकृतले उच्च सम्मान पाएका छन् ।

बेलायती सेनाको क्वीन्स ओन गोरखा लजिस्टिक रेजिमेण्ट क्यूओजीएलआरमा कार्यरत क्याप्टेन विवेकजंग शाहको नाम महारानीको जन्मोत्सवमा मेम्बर अफ द अर्डर अफ द ब्रिटिश इम्पायर एमबीई सम्मान पाउनेको सूचीमा परेको छ ।

उनलाई स्थानीय समुदाय र आर्मी रेजिमेण्टलाई जोखिमपूर्ण पूर्वाधार परियोजनाहरुमार्फत निपूण तवरले जोडेकोमा सो सम्मान दिइएको हो । उनले ती योजनाहरु स्थानीय एबिङडोन स्टेशनमा गरेको बताइएको छ । उनलाई दिइएको सम्मानमा क्याप्टेन शाहले अक्सफोर्डसायरको नेपाली सँस्कृतिमा अतुलनीय र महत्वपूर्ण योगदान दिएको बताइएको छ ।

शाहले आफूले शान्ति र प्रेमको सन्देश फैलाउनमा जोड दिएको बताएका छन् । उनले आफ्ना पुर्खाहरुले बेलायत र महारानीलाई दिएको योगदानलाई निरन्तरता दिनु र त्यसलाई कायम राख्नु आफ्नो कर्तब्य भएको बताएका छन् । साँस्कृतिक चेतनामार्फत सबैलाई एकीकृत गर्नु र समाजमा शान्ति र प्रेमको सन्देश छर्नु नै आफ्नो लक्ष्य रहेको उनले बताएका छन् ।

नेपालगंजमा जन्मिएका शाह सन् १९९९ मा गोरखा सैन्यमा भर्ती भएका थिए । उनले कोसोभो, अफगानिस्तान, इराक लगायतका सातवटा अपरेसनल टूर पूरा गरेका छन् । सम्मान पाउनेको सूचीमा परेको थाहा पाएपछि शाहले आफ्नो मिहिनेत र समर्पण चेन अफ कमाण्डले बुझेकोमा खुशी लागेको बताएका छन् । यो आफूले कल्पना गरेको सबैभन्दा ठूलो अवार्ड भएको पनि उनले प्रतिक्रिया दिए ।

आफ्नो परिवारका लागि मात्र नभई क्यूओजिएलआर र गोरखा ब्रिगेडकै लागि यो खुशीको कुरा भएको उनको भनाइ छ । शाह अहिले अल्डरसटमा कार्यरत छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!