संसद विघटन सम्बन्धी मुद्दामा आइतवार पनि बहस हुने

SHARE:

काठमाडौं असार ११ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आजका लागि बहस सकिएको छ ।

आज रिट निवेदकतर्फका कानुन व्यवसायीले बहस गरेका थिए । रिट निवेदकतर्फका कानुन व्यवसायीका लागि तय गरिएको समय अझै दुई घण्टा ३५ मिनेट बाँकी रहेको छ । इजलासमा रिट निवेदकका कानुन व्यवसायीलाई दुई घण्टा ३५ मिनेट समय बाँकी रहेको जानकारी गराएर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजका लागि इजलास स्थगित गरेका हुन् ।

आज वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, अधिवक्ता डादिनमणि पोखरेल, सुनील पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका थिए । बाँकी रिट निवेदकतर्फका कानुन व्यवसायीको बहसका लागि तय गरिएको समय अझै बाँकी रहेकाले आइतवार फेरि बहस हुनेछ ।

आजको बहसमा प्रधानन्यायाधीश जबराले रिट निवेदकतर्फका न्यायाधीश अधिवक्ता दिनमणि पोखरेललाई प्रधानमन्त्रीले म विश्वास लिदिनँ भन्ने ठाउँ संसद् कि राष्ट्रपति कार्यालय ? भनेर प्रश्न गरेका थिए। जवाफमा अधिवक्ता पोखरेलले संविधानको धारा ७६ को उपधारा ५ मा प्रधानमन्त्री ओलीको दाबी नपुग्ने बताएका थिए ।

अल्पमतको सरकारपछि ३० दिनभित्र विश्वासको मत लिन्छु भनेको प्रधानमन्त्रीले आफूसँग बहुमत नपुग्ने भन्दै विश्वासको मत नलिएपछि फेरि त्यही व्यक्तिले उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दाबी पेस गर्न नपाउने अधिवक्ता पोखरेलले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!