काठमाडौं असार १३ ।

पूर्वमन्त्री युवराज कार्कीलाई राजदूतमा सिफारिस गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । गएको वैशाख २५ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई बहराइनको राजदूतमा नियुक्त गर्ने सिफारिस गरेको थियो ।
न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको इजलासले यसअघि नै सरकारले ल्याएको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ कार्यान्वयन नगर्न आदेश दिइसकेकाले कार्कीको नियुक्ति कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।
सरकारले वैशाख २५ गते निर्देशिका संशोधन गरी मन्त्रीको रूपमा सेवा गरिसकेको व्यक्तिको हकमा यो दफा लागू नहुने व्यवस्था गरेको थियो । राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ मा राजदूतका लागि स्नातक उत्तीर्ण हुनुपर्ने व्यवस्था छ ।






