काठमाडौं उपत्यकामा भोलिदेखि सार्वजनिक गाडी सञ्चालन हुने

SHARE:

काठमाडौं असार १४ ।

काठमाडौं उपत्यकामा भोलिदेखि सार्वजनिक गाडी सञ्चालन हुने भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बिहान बसेको बैठकले भोलिदेखि २५ सिटभन्दा ठूला सार्वजनिक गाडीलाई जोर बिजोर नम्बरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए।

उपत्यकामा ट्याक्सी तथा निजी गाडी भने अघिल्लो हप्तादेखि नै सञ्चालनमा आइसकेका छन् । यस्तै उपत्यकामा लागू भएको निषेधाज्ञा एक हप्ताका लागि थपिएको छ । कोरोना सङ्क्रमणको जोखिम घटेको तर नहटेकाले प्रतिबन्धहरुलाई केही खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञा थप्ने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए।

के के खुल्ने र के बन्द हुने सम्बन्धमा मापदण्डहरु तयार गरेर जिल्ला प्रशासन कार्यालयहरुले आदेश जारी गर्नेछन् । काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको हो । पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!