एनआरएनए युकेको सदस्यताका लागि कागजात बुझाउन जुन ३० सम्मको समय

SHARE:

लण्डन असार १४ ।

गैरआवासीय नेपाली संघ, बेलायतले सदस्यता पेन्डिङमा रहेका आवेदकहरुलाई जुन ३० तारिखभित्र आवश्यक कागजात बुझाउन सूचना जारी गरेको छ ।

संघले आज एक विज्ञप्ति जारी गर्दै संघको पन्जिकृत सदस्यताको लागि समयसीमाभित्र सदस्यताको लागि आवेदन दिएका तर सदस्यताको लागि आवश्यक कागजात, फोटो इत्यादि पूर्णरुपमा उपलब्ध नगराईएका आवेदनहरुलाई अन्तिमपटक सो सूचना जारी गरिएको बताएको छ ।

करिब १०० को संख्यामा रहेका ती आवेदकहरुलाई आवश्यक कागजात अपलोड गर्न पटकपटक ईमेल तथा अन्य माध्यमबाट सम्पर्क गर्दा पनि सम्पर्कमा नआएकाले सूचना जारी गर्नुपरेको संघले जनाएको छ । सो समयावधिभित्र कागजातहरु उपलब्ध नगराईएमा ती आवेदकहरुको सदस्यता अयोग्य हुने पनि बताइएको छ ।

कागजातहरु अपलोड गर्नको लागि कुनै प्राविधिक कठिनाई भएमा एनआरएनए यूकेका पदाधिकारी तथा भेरिफिकेशन टिमका सदस्यहरुलाई सम्पर्क गर्नु र मोबाईल ‘आप’ बाट कागजात अपलोड गर्दा प्राविधिक कारणले ‘एप्रुभल’ नोटिफिकेशन नदेखिएकोले ल्यापटप तथा डेस्कटप प्रयोग गर्न पनि संघले अनुरोध गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!