शिवशरण गुरुङ लण्डन असार १५ ।

तमु समाज युकेको १४औं बार्षिक साधारण सभा तथा छैठौं महाधिवेशन २०२१ आईतबार २७ जुन २०२१ का दिन तमु समाज युके नेपालीज कम्युनिटि सेन्टर बरहाम पार्क वेम्बली लण्डनमा सम्पन्न भएको छ।
तमु समाज युके पाँचौं कार्यसमितिका अध्यक्ष शिव चन्द्र गुरुङको अध्यक्षतामा बसेको उक्त बार्षिक साधारण सभा तथा छैठौं महाधिवेशन २०२१ संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, अध्यक्ष शिव चन्द्र गुरुङ आमा समूहका अध्यक्ष बिन्दु घलेले संयुक्त रुपमा दिप प्रज्वलन गरि शुभारम्भ गरिएको थियो। दुई चरणमा बिभाजित गरिएको कार्यक्रममा, पहिलो चरणको १४औं बार्षिक साधारणसभामा महासचिब हर्क बहादुर गुरुङले संस्थाको बार्षिक प्रतिबेदन तथा प्रगति बिबरण, उपाध्यक्ष शिवकुमार गुरुङ र कोषाध्यक्ष याम बहादुर गुरुङले संयुक्तरुपमा नयाँ सामजिक भवन र समाजको आर्थिक प्रतिबेदन निर्णयार्थ प्रस्तुत गरि सर्ब सम्मति बाट अनुमोदन गरेका थिए।
यसैगरि साधारणसभामा बिधान संशोधन र आगामि कार्यक्रमहरुको बारेमा बृहत छलफलगरि निर्णय गरिएको थियो। उपाध्यक्ष कन्य प्रसाद गुरुङले स्वागत मन्तब्य राखेको सभामा पूर्ब अध्यक्ष शिवशरण गुरुङ र संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले शुभाकामना मन्तब्य राखेका थिए। हेल्थ एण्ड सेफ्टिको बारेमा जानकारि सहित महासचिब हर्क बहादुर गुरुङले संचालन गरेको पहिले चरणको कार्यक्रममै आमा समुहका अध्यक्ष बिन्दु घलेले आमा समुहको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए र सल्लाहकार तथा कम्युनिटि सेन्टरका प्रबन्धक तथा सल्लाहकार बाबु राम गुरुङले तमु समाज युके नेपालीज कम्युनिटि सेन्टरको बार्षिक प्रगति बिबरण टेलिफोन मार्फत प्रस्तुत गरेका थिए।
कोभिड १९ महामरिको सरकारि नियम र मापदण्डहरुको पालन गर्दै सौहाद्रपूर्ण बातावरणमा संचालन भएको साधारण सभामा सदस्यहरुको बोल्ने क्रममा सबैले समाजको सर्बोपरि हित र भाबि कर्यक्रमहरुका निम्ति सकारात्मक सुझावहरु दिदै हाल सम्म भैरहेका कामहरुमा खुसि प्रकट गर्दै पाँचौं कार्यसमितिका सम्पूर्ण पदाधिकारिहरुलाई हार्दिक धन्यबाद ब्यक्त गरेका थिए।पहिलो चरण कार्यक्रमको अन्तमा सदसस्यहरुको बोल्ने समयमा उठेका केहि बिषयहरुको बुदागत छलफल र निर्णय गरिसकेपछि अध्यक्ष शिव चन्द्र गुरुङले धन्यबाद मन्तब्य राखेर पाँचौं कार्यसमितिको पदावदि समाप्त भएको घोषण गरेका थिए।
कार्यक्रममा पर्बत, कुस्मा नगरपालिका ३ दुर्लुङमा २०७७/०२/३१ गते राति आएको आबिरल बर्षाको कारणले ठुलो पहिरो गई तिन परिवारका ९ जनाले ज्यान गुमाएको र दुईघरमा पुर्ण रुपमा धेरै धनजनको क्षति भएको दुखद अवस्थामा तमु समाज युके द्वारा रु ४६२६७२ आर्थिक सहयोग गरेकोले कुस्मा नगरपालिका वडा नं. ३ दुर्लुङको तर्फबाट तमु समाज युके र आर्थिक सहयोग संकलनमा बिषेस योगदान गर्ने समाजका अध्यक्ष शिव चन्द्र गुरुङ, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ र उपाध्यक्ष तथा आर्थिक सहयोग संकलन संयोजक शिव कुमार गुरुङलाई दुर्लुङ गाउँको प्रतिनिधिको रुपमा धरमबल गुरुङ र खेम बहादुर गुरुङले प्रसंशा प्रत्र प्रदान गरेका थिए। यसै गरि कार्यक्रममा पाँचौं कार्यसमितिको कार्यकालमा सलि ट तेस्रो अंक प्रकाशनमा बिषेस योगदान पुराउनुहुने सल्लाहकार लेख गुरुङ र सामाजिक भवन खरिद परियोजना समितका संयोजक लगायत सदस्यहरुलाई प्रसंशा प्रत्र र खादा लगाई सम्मान गरिएको थियो। कार्यक्रममा सल्लाहकार नारायण सिंह गुरुङलाई घन्द्रुक समाज युकेको अध्यक्ष पदमा निर्बाचित हुनभएकोमा फेटा तथा खादा लगाई हार्दिक बधाई तथा शुभकामना दिएका थिए।
बार्षिक साधारण सभा तथा छैठौं महाधिवेशनको दोस्रो चरणमा तमु समाज युकेको छैठौं कार्य समिति निर्बाचन कार्यक्रम रहेको थियो। तमु समाज युके निर्बाचन समिति २०२१ का अध्यक्ष तथा सल्लाहकार ले.रि थम प्रसाद गुरुङको अध्यक्षतामा निर्बाचन समितिका सचिब तथा पूर्व अध्यक्ष अर्जुन कुमार गरुङले संचालन गरेको दोस्रो चरणको कार्यक्रममा तमु समाज युके छैठौं कार्य समिति निर्बाचन समिति २०२१ बाट प्रकाशित कार्यतालिका अनुरुप सम्पूर्ण निर्बाचन प्रकृय पुरागरि सर्ब सम्मति बाट निर्बाचित गरिएको छैठौं कार्य समिति गठनको परिणाम घोषणा गरेको थियो।
निर्बाचन समितिमा सल्लाहकार केदार बहादुर गुरुङ सदस्य रहेका थिए। नव गठित तमु समाज युके छैठौं कार्य समितिको अध्यक्षमा शिव कुमार गुरुङ,उपाध्यक्षहरु हर्क बहादुर गुरुङ, भिम बहादुर गुरुङ,बिन्दु घले, महासचिबमा धरमबल गुरुङ, कोषाध्यक्षमा खेम बहादुर गुरुङ र अन्य पदाधिकारीहरु आमा समूहको अध्यक्षमा उमा गुरुङ, सचिब,सुबा घले, सह कोषाध्यक्ष तथा पब्लिक फण्ड संयोजक रुबिन गुरुङ, संयोजक कमल बहादुर गुरुङ, खेलकुद सचिब र खाध्य संयोजक हरि मान गुरुङ, युवा समूहका अध्यक्ष तथा फोटोग्राफर ओमकार गुरुङ, मिडिय संयोजक नारायण सिंह गुरुङ, सुरक्षा अधिकारि बुद्धि बहादुर गुरुङ, वेब मास्टर याम बहादुर गुरुङ, कार्य समिति सदस्य तथा आमा समूहका उपाध्यक्ष मथुरा गुरुङ, कार्य समिति तथा आमा समूहको सचिबमा मिरा गुरुङ, कार्य समिति तथा आमा समूहका कोषाध्यक्षमा बिबा गरुङ, कार्य समिति सदस्य सूर्य कुमारि गुरुङ, कार्य समिति सदस्य पदम बहादुर गुरुङ, कार्य समिति सदस्य नर बहादुर गुरुङ , कार्य समिति सदस्य खेम राज गुरुङ, कार्य समिति सदस्य गंगा बहादुर गुरुङ, कार्य समिति सदस्य जङ्ग बहादुर गुरुङ, कार्य समिति सदस्य पृतम गुरुङ, कार्य समिति सदस्य भद्र कुमारि गुरुङ, कार्य समिति सदस्य मन कुमारि गुरुङ रहेका छन् । त्यस्तै क्षेत्रिय प्रतिनिधिहरुमा ह्यमसायर प्रतिनिधि हितमान गुरुङ, न्युनिटन प्रतिनिधि महेश घले, बर्कसायर प्रतिनिधि मिठु गुरुङ चयन भएका छन्
छैठौं महाधिवेसनमा कार्य समितिको निर्बाचन गर्ने कार्यक्रममा धन्यबाद मन्तब्य राख्दै निर्बाचन समितिका अध्यक्ष तथा सल्लाहकार ले.रि थम प्रसाद गुरुङले छैठौं कार्य समिति निर्बाचनमा उत्साहजनकरुपमा सहभागि बनि तमु समाज युकेको निर्बाचन २०२१ सफल बनाई दिएकोमा अभार प्रकट गर्दै सबैलाई हार्दिक धन्यबाद व्यक्त गरेका थिए। यसैगरि कार्यक्रममा नव निर्बाचित पदाधिकारिहरुलाई निर्बाचन समितिका अध्यक्षले सफथ ग्रहण गराएका थिए। संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, पूर्ब अध्यक्ष शिवशरण गुरुङ र निर्बचन समितिका अध्यक्षले नव निर्बाचित पदाधिकारिहरुलाई फेटा र खादा लगाई बधाई तथा शुभकामना दिएका थिए। पाँचौं कार्य समितिका अध्यक्षले संस्थाको बिधान र नव निर्बाचित छैठौं कार्य समितिका अध्यक्षले संस्थाको प्लेक एक अर्कालाई प्रदान गरि पदभार हस्तान्तरण गरेका थिए।
मन्तब्य राख्ने क्रममा नव निर्बाचित छैठौं कार्यसमितिका अध्यक्ष शिव कुमार गुरुङले सर्ब सम्मति बाट अध्यक्ष पदमा निर्बाचित भएकोमा खुशि ब्यक्त गर्दै सबैलाई आभार सहित हार्दिक धन्यबाद ब्यक्त गरेका थिए। उक्त कार्यक्रममै पाँचौं कार्यसमितिका अध्यक्ष शिव चन्द्र गुरुङ लगायत सबै पदाधिकारिहरुलाई संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ र पूर्ब अध्यक्ष शिवशरण गुरुङले धन्यबाद ब्यक्त गर्दै खादा लगाई बिदाई गरेका थिए । पाँचौ कार्य समितिका अध्यक्ष शिव चन्द्र गुरुङले आफ्नो नेतृत्वको कार्यकाल पुर्ण रुपमा सफल बनाईदएकोमा सबैलाई आभार ब्यक्त गर्दै हार्दिक कृतज्ञता ब्यक्त गरेका थिए । कार्यक्रममा पाँचौ कार्यसमिति आमा समूहका अध्यक्ष बिन्दु घलेले सबैलाई आभार सहित हार्दिक धन्यबाद ब्यक्त गर्दै नवा निर्बचित छैठौं कार्य समिति आमा समूहका अध्यक्ष उमा गुरुङलाई पदभार हस्तान्तरण गरेका थिए।






