दुवै डोज कोरोना खोप लगाएकाहरुले घरमै क्वारेन्टिनमा बस्न पाउने

SHARE:

लण्डन असार १५ ।

विदेशबाट नेपाल आउँदा अब दुवै डोज कोरोना खोप लगाएकाहरुले घरमै क्वारेन्टिनमा बस्न पाउने भएका छन् ।

नागरिक उड्डयन प्राधिकरणले आज एक विज्ञप्ति प्रकाशित गर्दै हवाई मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले पालना गर्नुपर्ने क्वारेन्टिनका बारेमा नयाँ नियम जारी गरेको हो । प्राधिकरणका अनुसार खोप लगाएका यात्रुहरुले त्यस्तो खोप लगाएको प्रमाण पेश गर्नुपर्नेछ । यस्तै आफन्तको मृत्यु लगायतका अत्यावश्यक कामका कारण नेपाल आएका तर उनीहरुको कोभिड टेष्ट नेगेटिभ आएमा र स्थानीय निकायको सिफारिस भएमा पनि उनीहरु सोझै घरमा क्वारेन्टिनमा बस्न पाउने छन् ।

साथै विरामीहरु, उनीहरुका रेखदेखकर्ताहरु, ७० वर्ष माथिका नागरिकहरु, ५ वर्षमुनीका बालबालिका भएकाहरुले पनि एन्टीजेन टेष्टमा नेगेटिभ रिजल्ट आएमा र स्थानीय निकायको सिफारिस भएमा घरमै क्वारेन्टिनमा बस्न पाउनेछन् । यसैगरी, सुरक्षाकर्मीहरु, कुटनीतिज्ञहरु, सरकारी कर्मचारीहरु, उद्दारकर्ताहरु र उनीहरुका परिवारका सदस्यहरुले पनि घरमै क्वारेन्टिनमा बस्न पाउनेछन् । यस्तै विदेशबाट डिपोर्टेसनमा पठाइएका नागरिकहरुले पनि घरमै क्वारेन्टिनमा बस्नसक्ने बताइएको छ ।

अपडेट गरिएको नियमअनुसार यसरी घरमै क्वारेन्टिनमा बस्दा १० दिन बस्नपर्नेछ भने सातौँ र ११ ओैं दिनमा कोभिड टेष्ट गर्नुपर्नेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!