कानुनी परामर्श लिएर बेलायतको आवासीय भिसा आवेदन गर्न बीएनओलाई सल्लाह

SHARE:

लण्डन असार १६ ।

ब्रिटिश न्यास्नल ओभरसिज बीएनओ पासपोर्ट भएका हङकङका वासिन्दालाई कानूनी परामर्श लिएर मात्रै निवेदन दिन ब्रिटिश व्यारिस्टरले सुझाव दिएका छन्।

बेलायतस्थित कानुनी परामर्शदाता संस्था एभरेस्ट ल सोलिसिटर्सले आयोजना गरेको अन्तरक्रियामा बोल्दै लन्डनस्थित वन पम्प कोर्ट च्याम्बर्ससंग आबद्ध व्यारिस्टर किलिन म्याकार्थीले बीएनओ भिसा हङकङमा बसोबास गरिरहेका नागरिकहरुका लागि मात्रै भएको र जुलाइ १९९७ भन्दा पहिले बीएनओ पासपोर्ट पाएका व्यक्ति र उनका डिपेन्डेन्टले मात्रै उक्त भिसाका लागि आवेदन गर्न पाउने बताइन् ।

उनले हङकङमा बसोबास गर्ने झन्डै ७५ लाख मानिसहरुमध्ये बीएनओ राहदानीवाहक र तिनका आश्रितसमेत ७० प्रतिशतभन्दा बढी मानिसले यो भिसाका लागि आवेदन गर्न सक्ने पनि जानकारी दिइन् । ३१ जनवरी २०२१ मा लागू गरिएको नयाँ नियमअनुसार बीएनओ राहदानीवाहक व्यक्तिले भिसा पाएपछि युकेमा काम गर्न र बस्न पाउँछन्।

त्यस्तै ३६ पब्लिक ग्रुपसंग आबद्ध व्यारिस्टर रफाएल जेसुरमले बीएनओ राहदानीवाहक व्यक्तिले एकै परिवारमा बस्ने आफ्ना बाबु आमा यदि स्वास्थ्य सम्बन्धी कारणले आफूमाथि निर्भर छन् भने उनको तर्फबाट पनि संगै निवेदन दिनसक्ने बताए। तर त्यसका लागि पर्याप्त प्रमाणहरु पेश गर्नु पर्ने भएकाले दक्ष कानून व्यवसायीसंग कानूनी परामर्श लिन पनि उनले सुझाव दिए।

“हङकङमा ठूलो संख्यामा भूतपूर्व गोर्खालगायत नेपाली समुदायको बसोबास रहेको र उहाँहरुलाई ब्रिटेनमा बसोबास गर्न पाउने कानूनी व्यवस्था बारे सही तथा वास्तविक सूचना एवं जानकारी दिने उद्देश्यले हामीले यो कार्यक्रम आयोजना गरेका हौं,” एभरेस्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर राजु थापाले भने। उनले आगामी दिनमा पनि समसामयिक विषयमा यस्तै जानकारीमूलक कार्यक्रमहरु आयोजना गर्ने पनि जनाए।

ब्रिटिश सरकारले हालै ल्याएको नियम अन्तर्गत हङकङमा बसोबास गर्ने ब्रिटिश न्यास्नल ओभरसिज बीएनओ पासपोर्ट भएका तथा तिनको परिवारका आश्रित सदस्यहरुलाई भिसा दिन शुरु गरिएको छ। त्यस्तो भिसा पाएको ५ वर्ष पछि आवासीय भिसाको लागि आवेदन गर्न सकिने र त्यसको १२ महिना पछि ब्रिटिश नागरिकताको लागि निवेदन दिन सकिने पनि नियममा उल्लेख छ। गत जनवरीमा नयाँ नियम आए पछि ३४ हजारभन्दा बढीले आवेदन दिएको र मार्च महिनाको अन्त्य सम्ममा ५ हजार ६०० जनाले भिसा पाएको बेलायतको होम अफिसले जनाएको छ।

पत्रकार भगीरथ योगीले उक्त कार्यक्रमको सहजीकरण गरेका थिए भने एभरेस्ट ल सोलिसिटर्ससंग आबद्ध सोलिसिटर सैयद इमरान अलिले सबैलाई धन्यवाद दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!