जनप्रगतिशील मंच युकेद्वारा रुपा सुनारमाथि भएको भेदभावको भर्त्सना

SHARE:

लण्डन असार १६ ।

जनप्रगतीशिल मंच यूकेले कलाकार एवं दलित अधिकारकर्मी रूपा सुनारमाथि भएको जातीय विभेदको घटनाको भर्त्सना गरेको छ ।

मंचका अध्यक्ष सुरेश गौतमले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै सरकारका जिम्मेवार व्यक्तीबाटै दोषीलाई उन्मुक्ति दिने र संरक्षण गर्ने कार्यले दलित समुदायको न्यायको आकांक्षामाथि मात्र नभएर सिंगो सामाजिक न्यायको सुनिश्चितामाथी नै गंभीर प्रहार भएको ठहर गरेको छ। रूपामाथी भएको यो घटना नेपालको संविधान, जातीय भेदभाव तथा छुवाछुत र कसुर सजाय ऐन २०६८ र मानव अधिकार हननविरूद्दको सन्धी, महासंधी अनुसार दन्डनीय भएको पनि मंचको भनाइ छ।

जातीय विभेदको कुनै पनि घटनामा बिना कुनै आग्रह बिना, निश्पक्ष रूपमा संविधान र कानूनको यो प्रबन्धको कार्यान्वयन गर्नु गराउनु राज्यको निर्विकल्प दायित्व भएको स्मरण गराउँदै विज्ञप्तिमा द्वन्द्व चर्काउने यस्तो धृष्टताको विरोध गर्दै सबै खाले विभेदको अन्त्यका लागि सचेततापूर्वक भूमिका निर्वाह गर्न पनि मंचले सबैलाई आह्वान गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!