बेलायतमा ५ महिना यताकै धेरै संक्रमित भेटिए

SHARE:

लण्डन असार १७ ।

बेलायतमा गएको जनवरी महिना पछिकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित बुधबार थपिएका छन्।

बेलायतमा पाँच महिनापछि बुधबार सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका हो। बुधबार २६ हजार ६८ जना कोरोना भाइरसका संक्रमित भेटिएका हुन्।गएको २४ घन्टामा बुधबार ती संक्रमित भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्।

बेलायतमा अहिलेसम्ममा कोरोनाका ४८ लाखभन्दा बढी संक्रमित पुगेका छन्। बेलायतमा कोरोना भाइरसबाट अहिलेसम्म कम्तीमा १ लाख २८ हजार १४० जनाको मृत्यु भइसकेको छ। बुधबार मात्र १४ जना संक्रमितको मृत्यु भएको छ।

अधिकारीहरूले पछिल्लो समयमा फेरि बेलायतमा दैनिक देखिने संक्रमितको संख्या बढ्न थालेको बताएका छन्। यहाँ संक्रमित देखिएको तुलनामा मृत्यु दर भने कम हुदै गएको पाइएको छ। त्यहाँ केही महिना अघिदेखि संक्रमित घट्दै गएकोमा पछिल्ला केही हप्तामा संक्रमित बढ्दै गएको देखिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!