राष्ट्रिय सभामा पेश भएका अध्यादेश कांग्रेसले अस्वीकार गर्ने

SHARE:

काठमाडौं असार १८ ।

सरकारले राष्ट्रिय सभामा पेश गरेका अध्यादेश नेपाली कांग्रेसले अस्वीकार गर्ने भएको छ।

यस सम्बन्धी संसद् सचिवालयलाई जानकारी दिएको छ। शुक्रबार कांग्रेस संसदीय दलले संघीय संसद्‌का महासचिव र राष्ट्रिय सभाका सचिवलाई अध्यादेश अस्वीकार गर्ने सूचना दिएको छ। कांग्रेसले राष्ट्रिय सभामा पेश भएका नौ वटा अध्यादेश अस्वीकार गर्ने सूचना दिएको हो। जसमा आर्थिक अध्यादेश, नागरिकता अध्यादेश, रेल्वे अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी अध्यादेश, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग अध्यादेश, विनियोजन अध्यादेश, शपथ सम्बन्धी अध्यादेश, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र सामाजिक सुुरक्षा अध्यादेश रहेका छन्।

कांग्रेस सांसदहरू राधेश्याम अधिकारी, अनिता देवकोटा, प्रकाश पन्थ र स्वतन्त्र सांसद खिमलाल देवकोटाले संयुक्त रूपमा अस्वीकार गर्ने सूचना दिएका छन्। देवकोटाले नागरिकता सम्बन्धी अध्यादेशमा मात्रै हस्ताक्षर गरेकी छैनन्। त्यस्तै, जनता समाजवादी पार्टी जसपाका सांसदले पनि सात वटा अध्यादेश अस्वीकार गर्ने सूचना संसद् सचिवालयलाई दिएका छन्।

सांसदहरू प्रमिला कुमारी र मृगेन्द्रकुमार सिंह यादवले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, शपथ सम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, आर्थिक अध्यादेश, रेल्वे अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी अध्यादेश तथा विनियोजन अध्यादेश अस्वीकार गर्ने सूचना दिएका हुन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!