एमालेको विधान महाधिवेशन साउन २५ देखि २७ सम्म

SHARE:

काठमाडौं असार १९ ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको केपी शर्मा ओली पक्षले साउन २५ गतेदेखि विधान महाधिवेशन गर्ने भएको छ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिएका हुन्। विधान महाधिवेशन साउन २७ गतेसम्म चल्ने छ। विधान महाधिवेशनको मोडालिटी तय गर्ने जिम्मा मुख्य नेताहरूलाई दिइएको बस्नेतको भनाइ छ।

अध्यक्ष केपी शर्मा ओलीलाई विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन लेखनको जिम्मा दिइएको छ भने महासचिव ईश्वर पोखरेललाई सांगठनिक प्रतिवेदन पेस गर्ने जिम्मा दिइएको छ। उपमहासचिव विष्णु पौडेललाई विधान संशोधनसम्बन्धी प्रस्ताव र स्थायी कमिटी सदस्य रामबहादुर थापा बादललाई विधान महाधिवेशन व्यवस्थापन कमिटीको जिम्मेवारी दिइएको उनले जानकारी दिए।

विधान संशोधन गर्ने, बाधा अड्काउ फुकाउने लगायतका काम विधान महाधिवेशनले गर्ने एमाले विधानमा व्यवस्था छ। पार्टीको राजनीतिक सिद्धान्त लगायत तय गर्ने पार्टीको यो अंग महत्त्वपूर्ण मानिन्छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!