मृत्युदण्डबाट दिलबहादुर बचाउन मलेसियाबाट तीन लाख सहयोग

SHARE:

काठमाडौं । अदालतले तोकेको ब्लडमनी तिर्न नसकेर साउदी अरबको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई मृत्यदण्डबाट बचाउन मलेसियाबाट तीन लाख भन्दा बढी रकम संकलन भएको छ । जनप्रगतिशील मञ्च मलेसियाको नेतृत्वमा उठेको तीन लाख २६ हजार सात सय ६३ रुपैयाँ मञ्चले मूल समितिलाई हस्तान्तरण गरेको छ ।

मलेसियाका नेपालीहरुबाट संकलित रकम ‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनी संकलन अभियान–२०७५’ मूल समितिको खातामा जम्मा भएको अभियानका संयोजक दिपेश पुनले जानकारी दिए । दिलबहादुरको जीवन रक्षाका लागि मलेसियामा आर्थिक संकलन अभियानमा संलग्न गरेका रमेश तिवारीले समेत मलेसियाबाट तीन लाख २६ हजार रकम मूल समितिको खातामा जम्मा गरिएको जानकारी दिए ।

दिलबहादुर घर्ती बचाउ अभियान मूल समितिका सदस्य समेत रहेका रुपधन घर्तीमगरले पहिलो चरणमा मलेसियामा संकलित रकम मूल समितिलाई हस्तान्तरण गरिएको जानकारी दिए । ‘म आफै पनि रोल्पाको हुँ, दिलबहादुर घर्तीको जीवन रक्षाका लागि मलेसियामा रहेका नेपालीहरुले मन खोलेर सहयोग गरिरहनुभएको छ,’ घर्तीले भने, ‘हामीले पहिलो चरणमा संकलन गरेको रकम मूल समितिको खातामा जम्मा गरिदिएका छौँ । हाम्रो अभियानमा भने जारी रहनेछ ।’

उनका अनुसार मलेसियामा रहेका राजकुमार बुढामगर, चन्द्रबहादुर घर्तीमगर, गोविन्द क्षेत्री महरा, टंक जिसी, सुरेश डाँगी दिलबहादुरको जीवन रक्षाका लागि आर्थिक संकलन अभियानमा संलग्न छन् । यसैगरी मिनबहादुर घर्ती, पृथ्वीप्रकाश राना, जयबहादुर रोकामगर, भवानी सिंजाली मगर, कर्मसरी बुढामगर, अर्जुन घर्तीमगर, प्रेन घर्तीमगर, यामबहादुर डाँगी, रुपलाल सुनार, रामप्रसाद पुन, प्रकाश थापा, अमृत डाँगी, वीरवल थापा, सान्तराज बुढामगर र उमेश कुमार पनि अभियानमा सक्रिय रहेको उनले जानकारी दिए ।

तारा गुरुङले दिईन् एकान्न हजार
यसै गरी बेलायत निवासी समाजसेवी तारा गुरुङले दिलबहादुर घर्तीको जीवन रक्षाका लागि ५१ हजार रुपियाँ सहयोग गरेकी छिन् । गुरुङले सहयोग रकम अभियानका संयोजक दिपेश पुनलाई हस्तान्तरण गरेकी छिन् ।
उनले दिलबहादुरको जीवन रक्षाका लागि सहयोग गर्न पाउँदा आफू खुशी भएको बताईन् । ‘म समाज सेवामा छु, दिलबहादुर भाई साउदीको जेलमा रहेको र ब्लडमनी तिर्न नसके मृत्युदण्ड हुने कुराले मलाई स्तब्ध बनायो’, उनले भनिन्, ‘उनको जीवन रक्षाका लागि सहयोग गर्न पाउँदा मु ज्यादै खुशी छु ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!