जातीय भेदभावको आरोपमा कारबाही गर्न माग गर्दै मन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा रिट दायर

SHARE:

काठमाडौं असार २० ।

जातीय भेदभाव तथा छुवाछुत कसुर आरोपमा कारबाहीको माग गर्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

तनहुँकी रुपा सुनारले आइतबार शिक्षामन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएकी हुन् । रिटमा शिक्षामन्त्री श्रेष्ठसहित जिल्ला सरकारी वकिलको कार्यालय बबहरमहल, महानगरीय प्रहरी वृत सि‌ंहदरबार र सरस्वती प्रधानलाई विपक्षी बनाइएको छ ।

थरको कारण देखाउँदै बबरमहलकी घरबेटी सरस्वती प्रधानले सुनारलाई कोठा नदिएपछि उनले प्रहरीमा जाहेरी दिएकी थिइन् । पक्राउ परेकी घरबेटी प्रधानलाई छुटाउन शिक्षामन्त्री श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए ।

शिक्षामन्त्री श्रेष्ठले प्रधानलाई झन्डावाला गाडीवाला गाडीमा हालेर घरसम्म पुर्‍याएको भन्दै रुपाले सर्वोच्चमा रिट दायर गरेकी हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!