रानीको काम कहिले जाला घाम

SHARE:

जय तामांग , सुइण्डन युके असार २१ ।

राजाको काम कहिले जाला घाम भन्ने नेपाली उखान धेरै नेपालीहरुले सुनेको हुनु पर्छ तर रानी को काम कहिले जाला घाम भन्ने उखान भने सायद कमैले सुनेको हुनु पर्छ।

यदि नसुनेको भए अब म बिस्तारै बताउने छु। जुन देशमा राजाले शासन गर्छ त्यो देशमा भएको जति पनि सरकारी काम काज राजाको हो भनेर मानिसहरु सोच्ने गर्दछन। राजाले प्रतक्ष्यरूपमा काम नलगाए पनि राजाकै निर्देशनमा जति पनि सरकारी काम काज चलेको हुन्छ।

कुनै समय नेपालमा पनि राजाले शासन गरेको हुनाले त्यो उखान नेपालमा पनि सुरु भएको हुनु पर्दछ। कतिपय उखानहरु अरु भाषामा पनि तेस्तै किसिमले भन्ने गर्दछ। तर आज म बेलायत को सन्दर्भमा त्यो उखान प्रयोग गर्न गइ रहेको छु। अहिलेसम्म बेलायतका रानीले सयुक्त अधिराज्य लगायत पन्ध्र वटा देशको प्रमुख भूमिकाको रुपमा रानीले सत्ता चलाइरहेकी छन् । प्रत्येक देशको फरक फरक सरकार भए पनि कुनै पनि ठुलो निर्णय गर्नु पर्यो भने रानीसंग सल्लाह लिनुपर्ने हुन्छ। त्यसैले रानी भएको देश भएर होला कति कामहरु आफ्नो काम नसम्झेर रानीको काम हो तलब पाके हुन्छ जस्तो गरेको मैले देखेको छु ।

सबै कामदारहरुले त्यसो नगरे पनि कुनै कुनैले भने त्यसरी नै गरेको देखेको छु। हुन त संसारलाइ खान,बस्न, लगाउन देखि बोल्न सम्म सिकाउने देश हो भनेर कतिपय स्थानियहरुले भन्ने पनि गर्दछ। जुनसुकै तहको काम भए पनि बेलायतमा कामको सम्मान गरेको देखिन्छ। यदि कुनै मानिसले काम गरेको छैन भने उसलाई घर किन्न लाइ , घर भाडामा लिनलाई , कार किन्नलाई , मोबाइल किन्न , देखि लिएर धेरै कुराहरु काम बिना पाउन मुस्किल नै पर्द्छ।

नेपालमा पैसा छ म यहाँ ल्याएर केहि ब्यबसाय गर्छु अथवा घर किन्छु भन्न पनि मिल्दैन। त्यो पैसाको स्रोत नखुलाए सम्म तेस्को खोजिनीति गरि नै रहने छ। कामको यति धेरै सम्मान भए पनि बेलायतमा काम भने अतिनै ढिलो गर्ने गर्दछ। म काममा जाने बाटो बनाउन थालेको पनि बर्ष पुग्न लागि सक्यो तर कहिल्यै सम्पन्न हुन सकेको छैन। उनन्तिस मिलियन पाउण्ड को प्रोजेक्टमा बन्दै गरेको घुम्ती म काममा जाने बाटो मा पर्छ। यसो मेरो लाटो हिसाबले हेर्दा पनि त्यो काम बिस हजार पाउण्ड जतिको पनि बनेको छैन जस्तो लाग्छ। कहिले काही पन्ध्र मिनेटको बाटो पनि झन्डै एक घन्टा जति लाग्ने गरेको हुन्छ। एकदम ब्यस्त शहर भित्र भएको भए ठिकै थियो तर मानिहरुको आवात जवात अनि ट्राफिक लाइट नै नभएको ठाउमा बाटो बनाउदै गरेको हुनाले जहिले पनि गाडीको लहर लागेको हुन्छ।

त्यो त बाटो कुरा भयो तर अरु सानो सानो कुराहरु बिग्रे पनि धेरै समय लाग्ने गर्दछ। मैले काम गर्ने ठाउमा कहिले काँही एउटा बल्ब फेर्नु पर्यो भने पनि हप्तौ लगाई दिने गरेको हुन्छ। एउटा फ्रीज बिग्र्यो भने त महिनौ लगाई दिने गर्दछ। कसलाई के भन्नु ,रानीको काम कहिले जाला घाम भनेको जस्तो गरेर गरे पछि समयमा सकिने त कुरै भएन। अस्ति भर्खर नेपालमा आमा संग फोनमा कुरा गर्दै गर्दा आमाले तिमि अफिस मा हो कि घरमा हो भनेर सोध्नु भयो तर मैले भने आमा म त अफिसमा काम गर्ने होइन म त एउटा साधारण भान्सेको काम गर्छु भनेर मैले भने। आमाले भन्नु भयो यांहा त् घरबाट निस्के पछि सबैले , भारि बोक्न गए पनि , गिट्टी कुट्न गएपनि , भाँडा धुन गए पनि अफिस जाने हो भनेर जाने गर्दछ भन्नु भयो।

यसो हेर्दा त नेपालमा पो कामको सम्मान रहेछ जस्तो भान भयो तर त्यो सत्यता थिएन। किन भने म अपिल त्रिपाठीले चलाउने गण्डकी छड्के प्राय जसो सबै नै कार्यक्रम हेर्ने गर्दछु। त्यो कार्यक्रम कुनै बनावटी होइन र भएको सत्य तथ्य देखाउने भएर मलाई अतिनै मन पर्छ। त्यो कार्यक्रम हेर्दा त राजाको काम कहिले जाला घाम भन्दा पनि सरकारी काम कसरि ठगेर लुटेर खाम भन्ने जस्तो देखिन्छ। कति गैर जिम्मेवारी पूर्ण रुपले जागिर खाएर सरकारी पैसाको दोहन गरेको छ भन्ने प्रस्ट हुन्छ। त्यस्तै भ्रष्टचारीहरुले गर्दा हामीहरु यो बिदेशी भूमिमा आफ्नो सारा परिवार , साथिभाइ , आफन्त अनि आमा बुवा लाइ छोडेर कर्म गर्नु परेको छ। जो जसले जहा बसेर जस्तो सुकै काम गरे पनि काम आफ्नो सम्झेर गर्नु पर्दछ।

जो मान्छे ले काम अरुको सम्झेर गर्दछ त्यो मानिस ले सफलता मिले पनि क्षणिक भरको लागि मात्र हुनेछ तर उसलाई सधै को लागि भने मिल्ने छैन। काम सानो ठुलो हुदैन। जस्तो काम भए पनि आफुले गर्नु पर्ने कर्तब्यनिष्ठा भएर जिम्मेवारी पूर्णरुपले काम गरेमा त्यसको फल अवस्य मिठो हुन्छ जस्तो मलाई लाग्छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!