रोजिनाले ९ जुलाइमा एनआरएनए यूकेको अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै

SHARE:

लण्डन असार २३ ।

एनआरएनए यूकेको उपाध्यक्षमा रोजिनाप्रधान राईले आउंदो ९ जुलाई सांझ ७ बजे अध्यक्षमा औपचारिक उम्मेदवारी घोषणा गर्ने भएकी छन् ।

राईले अल्डरसटस्थित एम्पायर हलमा पत्रकार सम्मेलन र सोही समयमा जुममार्फत आफ्नो उम्मेदवारी घोषणा गर्ने जनाइन् । अध्यक्ष प्रत्यासी तीन जनामध्ये रोजिनाको पहिलो औपचारिक घोषणा हुन लागेको हो । घोषणा सभाका दिन सरकारी कोभिड नियम अनुसार ३० जना प्रत्यक्ष र जुममा बेलायतका सामाजिक अभियन्ताहरु सहभागिता रहने राईले बताइन् ।

सो अवसरमा बेलायतस्थित विभिन्न संघसंस्थाका प्रमुखले दिने शुभेच्छा र आर्शीवाद आफ्ना लागि थप आत्मबल हुने रोजिना बताउंछिन् । रोजिनाले घोषण सभामा आफ्ना ९ बुंदे एजेन्डा पनि सार्वजनिक गर्ने बताएकी छन् । एनआरएनए यूकेमा सन् २००७ देखि नै आवद्ध रोजिनाले उपाध्यक्षमा निर्वाचित हुंदा अत्यधिक मत ल्याएकी थिइन् । अहिलेको कार्यसमितिमा उपाध्यक्ष र संघसंस्था समन्वय विभाग प्रमुखको बाग्डोर प्रभावकारी रुपमा सम्हालेकी रोजिनालाई नजिकबाट चिन्नेहरु उनी एक्सन ओरियन्टेड, सालिन र संस्थाप्रति दत्तचित्त रहने अभियन्ता रहेको टिप्पणी गर्छन् ।

यसपटकको निर्वाचनमा पपुलर भोट उनका पक्षमा जाने अड्कल काट्न थालिएको छ । बेलायती विश्वविद्यालयबाट स्नात्तकोत्तर उत्तिर्ण उनी समाजसेवासंगै विभिन्न व्यवसाय र दर्जन बढी संघसंस्थामा समेत संलग्न छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!