कौरा पत्रकारिता पुरस्कार आस्थालाई

SHARE:

कास्की असार २६ ।

नेपाल मगर पत्रकार सङ्घ कास्कीले प्रदान गर्दै आएको ‘राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार’ बाट पत्रकार एमबी आस्था मगर पुरस्कृत हुने भएका छन् ।

पत्रकारिताको माध्यमबाट मगर जातिको मौलिक संस्कृतिको रूपमा परिचित कौरा नाचको उत्थान एवं प्रवद्र्धनमा योगदान पु¥याएवापत यस वर्ष उक्त पुरस्कारबाट एबिसी न्यूज टेलिभिजनका गण्डकी प्रदेश ब्यूरो आस्थालाई सम्मान गर्ने भएको हो । राष्ट्रिय मौलिक कौरा संरक्षण समिति नेपालद्वारा स्थापित सो पुरस्कारको राशि रु १० हजार नगदसहित दोसल्ला र ताम्रपत्र रहेको छ ।

जेठ १५ गते कौरा संरक्षण समितिको स्थापना दिवसका दिन प्रदान गरिँदै आएको सो पुरस्कार यस वर्ष कोरोना महामारीका कारण साउन १ गते प्रदान गरिने भएको छ । सङ्घका केन्द्रीय उपमहासचिव रुद्रबहादुर श्रसिमगरको संयोजकत्वमा गठिन प्रतिभा छनोट समितिमा हर्क आलेमगर, तारामाया थापामगर, नरमाया आलेमगर र रुद्रबहादुर हितानमगर रहेका थिए ।

सो पुरस्कारबाट नवलपरासी बर्दघाट सुस्तापूर्वकी कमला रानामगर, कास्कीका तिलमप्रसाद पुनमगर र तनहुँका प्रताप रानामगर पुरस्कृत भइसकेका सङ्घका अध्यक्ष हर्क आलेमगरले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!