माओवादी केन्द्र वैधानिक छ: निर्वाचन आयोग

SHARE:

काठमाडौं असार २७ ।

नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै पूर्वमाओवादी नेताहरूले दिएको निवेदन निर्वाचन आयोगले खारेज गरेको छ ।

निवेदनमा माग गरिएजस्तो पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र अवैधानिक नरहेको भन्दै आयोगले नेताहरूको निवेदन खारेज गरिदिएको हो । आयोगले माओवादी केन्द्रले नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐनले तोकेका प्रावधान र अन्य नियमका आधारमा माओवादी केन्द्र वैध रहेको र निवेदकले भनेजस्तो खारेज गर्न नमिल्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

पूर्वमाओवादीका नेताहरू रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टलगायतको तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले गएको बुधवार आयोगमा निवेदन दिएका थिए । निवेदनको सुनुवाइबारे बुझ्न नेताहरू आयोगमा पुगेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!