जसपा एकिकरण बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

SHARE:

काठमाडौं असार २७ ।

तत्कालीन राष्ट्रिय जनता पार्टी राजपा नेपाल र समाजवादी पार्टी नेपालबीच भएको एकीकरण बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

उक्त एकीकरण त्रुटीपूर्ण, कपटपर्ण र संविधान तथा कानुनविपरीत भएको भन्दै उत्प्रेषणको आदेशबाट बदर गर्न मागसहित सर्वोच्चमा रिट दायर भएको हो।
राजपाका तत्कालीन उपाध्यक्ष राजकुमार थापाको तर्फबाट अधिवक्ता हृदयराज मिश्रले दायर गरेको रिटमा जसपा एकीकरण खारेज गरी साविकको राजपा र समाजवादी पार्टी कायम गर्न–गराउन परमादेश माग गरिएको छ।

मुद्दाको अन्तिम टुंगो नलागेसम्म जसपाको राजनीतिक क्रियाकलाप, सदस्य हेरफेर तथा अन्य सबै कामकारवाही यथास्थितिमा राख्न तथा राजनीतिक गतिविधिको सिलसिलामा हुने कुनै पनि निर्णयलाई रोक्नका लागि मुद्दालाई अग्राधिकार दिन पनि माग गरिएको छ।

राजपा र समाजवादी पार्टी एकीकरणका बेला कुनै पनि संवैधानिक र कानुनी प्रक्रिया पूरा नभएको र कार्यसमितिमा ३३ प्रतिशत महिला अनिवार्य भनिएकोमा त्योसमेत नभएको जिकिर रिटमा गरिएको छ। रिटमा निर्वाचन आयोग र जसपालाई विपक्षी बनाइएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!