देउवालाई प्रधानमन्त्री बनाउन तयारी थाल्ने विपक्षी गठबन्धनको निर्णय

SHARE:

काठमाडौं असार २८ ।

विपक्षी गठबन्धनले सर्वोच्च अदालतको आदेशअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तयारी थाल्ने निर्णय गरेको छ ।

कोटेश्वरमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको बैठकले शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन तयारी थालिहाल्ने निर्णय गरेको हो ।

अब बन्ने नयाँ सरकारलाई नागरिकको हितमा काम गर्ने, कोरोना महामारी नियन्त्रण र नागरिकलाई खोप दिने लगायतका विषयमा केन्द्रित गर्ने पनि बैठकले निर्णय गरेको जसपाका नेता तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले जानकारी दिए ।

यस्तै गठबन्धनको नयाँ सरकारले भ्रष्टाचारको अन्त्य गर्ने र ओली सरकारले गरेका गलत निर्णय सच्याउन प्रयत्न गर्ने पनि निर्णय गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!