नेफिन यूकेको सल्लाहकार र कार्यसमितिले पूर्णता पायो

SHARE:

लण्डन असार ३१ ।

नेपाल आदिवासी जनजाति महासंघ बेलायत नेफिन यूकेको कार्यसमितिले पूर्णता पाएको छ ।

गत जुन १९ मा सम्पन्न महासंघको चौथो महाधिवेशनले नयाँ कार्य समिति दिएपनि महासचिव लगायत अन्य केही पदहरु खाली रहेको थियो । गत सोमबार जुलाई १२ मा बसेको नयाँ कार्यसमितिको प्रथम बैठकबाट उपाध्यक्षमा मुकेन छन्त्याल, महासचिवमा बिमला लिम्बु र कोषाध्यक्षमा ल्हाक्पा डोमा ढोक्प्या शेर्पा भएका छन् ।

अध्यक्ष कमान सिङ कर्मा पहाडी शेर्पाले अध्यक्षता र सचिव बिम्ला कुमारी राईले सञ्चालन गरेको बैठकले समितिका अन्य पदहरु पनि पुर्ति गरेको छ । जसमध्ये मानबहादुर गुरुङ, गंगा गुरुङ, याम छन्त्याल र धिरज राई कार्यसमितिको सदस्य चयन भएका छन् । त्यस्तै, बैठकले वर्तमान कार्यकालको लागि २२ जना सल्लाहकारहरु नियुक्ति गरेको छ, जसमा सबै जसो सल्लाहकारहरु आदिवासी जनजाति सवालमा अग्रपङ्तिमा रहेका लब्धप्रतिष्ठित अनुहारहरु नै छन् । नेफिन केन्द्रका पूर्व सचिव भक्त बहादुर दुरा, तमू धीं यूकेका सल्लाहकार तथा बरिष्ठ समाजसेवी एकेन्द्र गुरुङ, महासंघका पूर्व अध्यक्षहरु थर्क राना, सिरी लिम्बू, तुल छन्त्याल र जंग सुनुवार सल्लाहकार चयन भएका छन् ।

अन्य सल्लाहकारहरुमा प्राज्ञ डा। सुमाया राई, बरिष्ठ समाजसेवी लक्ष्मण तुलाचन, मगर संघ यूकेका पूर्व अध्यक्ष दुत पुन र वर्तमान अध्यक्ष सुनिल राना, तमू धीं यूकेका अध्यक्ष हितकाजी गुरुङ र पूर्व अध्यक्ष ज्ञाम गुरुङ, किराँत याक्खा छुम्मा यूकेका पूर्व अध्यक्ष धन रोगू र वर्तमान अध्यक्ष गुणराज खायाखिम रहेका छन् । किराँत याक्थुङ चुुम्लुङ यूकेका अध्यक्ष तिलबिक्रम सम्बाहाङ्फे, किराँत राई यायोक्खाका अध्यक्ष कल्पना राई, बेलायत छन्त्याल संघका अध्यक्ष झक छन्त्याल, दुरा सेवा समाज यूकेका अध्यक्ष इन्द्रबहादुर दुरा र सुनुवार सेवा समाज यूकेका सल्लाहकार होम सुनुवार पनि सल्लाहकारको सूचीमा रहेका छन् ।

आदिवासी अभियन्ताहरु धर्म तामाङ, विनोद राज मोक्तान र विस्वासदीप तिगेला पनि नेफिन यूकेको सल्लाहकार नियुक्त भएका छन् । अध्यक्ष शेर्पाका अनुसार महासंघले २७सौं विश्व आदिवासी दिवस यस बर्ष पनि भर्चुअल रुपमै मनाउने भएको छ । अगस्ट ७ शनिबारको दिन तय गरिएको उक्त कार्यक्रममा बेलायतका नेपाली राजदूत, नेफिन केन्द्रका अध्यक्ष जगत बराम, विश्वभरका नेफिनका अध्यक्षहरु र राष्ट्रिय नेताहरुको उपस्थितिमा मनाइने योजना रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!