बुद्धिस्ट गुम्बा रेडिङ युकेको तर्फबाट १० लाख ९५ हजार दान सहयोग

SHARE:

लण्डन असार ३१ ।

बुद्धिस्ट गुम्बा रेडिङ् युकेले २५६५ औं बुद्ध जयन्तीको अवसरमा नेपालका बिभन्न गुम्बाहरुलाई आर्थिक सहयोग गरेको छ ।

कोरोनाका कारण औपचारिक रुपमा बुद्ध जयन्ति कार्यक्रम मनाउने अवस्था नभएको हुँदा यस पटक संयोगवस बुद्ध जयन्ति र सागा धावको पुर्णिमा तिथि सँगै परेको हुँदा बुद्धिस्ट गुम्बा रेडिङ् युकेका अध्यक्ष ई.खेमबहादुर गुरुङको अगुवाईमा र विशेष गरि बुद्धिस्ट गुम्बा आमा समुहको सक्रियतमा बुद्धिस्ट गुम्बा युकेका मुल गुरु तथा गुरुङ तमु लामा बौद्ध धर्म समाजका केन्द्रिय अध्यक्ष श्रद्धेय खेन रिन्पोछे शिर लामा गुरुको निर्देशनमा नेपालको बिभन्न ठाँउहरुमा आर्थिक अभावका कारण निर्माण गर्न कठिन भईरहेका केही गुम्बाहरुलाई दान सहयोग गर्ने निर्णय भए अनुसार सहयोग बितरण गरेको हो ।

जसमा दोलखाको गैरीशङ्कर गाँऊपालिका ७ मार्बू स्थित छम्पा गुम्बालाई दुई लाख अस्सी हजार, ईलामको सन्दकपुर ४ माबु स्थित काथोग नम्नङ होईसल क्षोलिङ गुम्बालाई दुई लाख अस्सी हजार , झापा मेचिनगर ७ काँकटभिट्ट स्थित ङाग्यु देक्षेन छ्योलिङ गुरुङ गुम्बालाई दुई लाख अस्सी हजार दान सहयोग प्रदान भएको छ।

यस्तै ईलाम सन्दकपुर ५ जमुना स्थित साङ् छ्योलिङ गुम्बालाई दुई लाख पच्पन्न हजार दान सहयोग प्रदान गरि जम्मा दस लाख पन्चानब्बे हजार दान सहयोग गरिएको छ। बुद्धिस्ट गुम्बा रेडिङ् युकेले यस भन्दा अघिल्लो बर्षहरुमा पनि बिरामी,अपंङ्ग, गरिब तथा अनाथहरुलाई आर्थिक सहयोग गरिसकेको छ ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!