खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

SHARE:

काठमाडौं साउन १ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यकता अनुसार खोप केन्द्र बढाएर सहज वातावरण बनाउन मुख्य सचिव र स्वास्थ्य सचिवलाई निर्देशन दिएका छन्।

खोप केन्द्रमा लामो लाइन लागेकाले जनलाई असहज बनेको भन्दै देउवाले मुख्य सचिव शंकरदास बैरागी र स्वास्थ्य तथा जनसंख्या मन्त्री लक्ष्मण अर्याललाई यस्तो निर्देशन दिएका हुन्। आवस्यकता अनुसार खोप केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन देउवाले निर्देशन दिएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जानकारी दिएको छ।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले नै सम्हालिरहेका छन्। सरकारले पछिल्लो पटक कोरोनाविरुद्धको भेरोसेल खोप ५५ वर्ष र सो भन्दा माथि उमेर समूहका नागरिक, सार्वजनिक यातायातमा कार्यरत चालक, सहचालक, शिक्षक शिक्षिका, विदेश जाने नागरिक, सरकारले तोकेको अत्यावश्यक सेवाका व्यक्तिलाई लगाइरहेको छ।

यस्तै जोनसन एण्ड जोनसोन खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, पूर्व अति अशक्त, अपांगता भएका व्यक्ति, नेपालमा बसिरहेका सरणार्थी, स्वास्थ्य तथा सरसफाइकर्मीलाई लगाइरहेको छ। खोप केन्द्रमा लामो समय लाइनमा बस्नुपर्ने बाध्यता छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!