लण्डन साउन १ ।

गैरआवासीय नेपाली संघ एनआरएनए युकेको अधिवेसन एक साता पर सरेको छ ।
यसअघि जुलाई १८ मा तोकिएको सो अधिवेसन प्राविधिक कारणले एकसाता स्थगन गर्न परेको महासचिव फडिन्द्र भट्टराईले बताएका छन् । महासचिव भट्टराईका अनुसार अब सो अधिवेसन २५ जुलाई आइतबार हुने भएको छ ।
अधिवेसन भर्चुअलरुपमा हुनेछ । महासचिव भट्टराईले सो अधिवेसनमा सहभागिता जनाउन सबै पन्जीकृत सदस्यहरुलाई अनुरोध गरेका छन् ।






