लण्डन साउन २ ।

बेलायतस्थित नेपाली रेष्टुरेन्ट व्यवसायीहरुको संस्था नेपलिज क्याटरिङ एसोसिएसन यूके प्रतिनिधिमण्डलले राजदूत लोकदर्शन रेग्मीसंग प्रत्यक्ष भेटघाट गरेको छ ।
एसोसिएसनका संस्थापक तथा वर्तमान अध्यक्ष विजय थापाको नेतृत्वमा शुक्रबार भएको उक्त भेटघाटमा बेलायतका लागि नेपाली राजदूत रेग्मीसंग कोभिड १९ महामारीबीच रेष्टुरेन्ट व्यवसायमा देखिएको प्रभाव, नेपालबाट जनशक्ति बेलायत ल्याउन आइपरेका अध्यागमन समस्या, अब नेपालको पर्यटन प्रवर्धनका सम्भाव्यता लगायत गहन विषयमा छलफल भएको थापाले जनाए ।
राजदूत रेग्मीले क्याटरिङ व्यवसायले बेलायतमा रोजगारीमात्र होइन्, नेपालको पर्यटन प्रवर्धनमा समेत उल्लेख्य योगदान गरेको जनाउंदै दूतावासका तर्फबाट हुन सक्ने सहयोग सहकार्य गरिने आश्वासन दिएको थापाले जनाए । उक्त भेटघाटमा महासचिव ओजेश सिंह, व्यवसायी मकर गुरुङ लगायत सहभागी थिए ।






