तमु समाज यूकेद्वारा बाढी पहिरो पीडितलाई ३ लाख ५० हजार सहयोग

SHARE:

लण्डन साउन ३ ।

तमु समाज यूकेले नेपालको बाढी पहिरो पीडितलाई ३ लाख ५० हजार रुपैयाँ राहत स्वरुप हस्तान्तरण गरेको छ।

समाजले लमजुङको दोर्दी खोलामा गत आषाढ १ गते राति गएको भीषण बाढी पहिरोले स्थानीयवासी बुद्धि बहादुर गुरुङ, श्रीमति शीर कुमारी गुरुङ र देविका गुरुङको घर जग्गा पूर्ण रूपले क्षति पुरयाइ घरबारविहिन बनाएको थियो । पीडित पक्षको उक्त खबर तमु समाज यूकेका आजीवन सदस्य तथा सल्लाहकार टेक बहादुर गुरुङले तमु समाज यूकेमा ल्याई सहयोगका लागि अपील गरेका थिए ।

उक्त अपिलपछि तमु समाज यूकेको गत २७ जुन २०२१ मा बसेको चौधौं साधारण सभा तथा छैटौं अधिवेशन कार्यक्रममा छलफल भएको थियो । उक्त बैठकले तमु समाजको कोषबाट पाँच सय पाउण्ड सहयोग गर्ने र बाँकी समाजका सदस्यहरूबाट स्वेच्छाले सहयोग गर्न अपील गर्ने निर्णय गरेको थियो।

बैठकले निर्णय गरे बमोजिम समाजका नवनिर्वाचित अध्यक्ष शिव कुमार गुरुङ तथा संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङको निर्देशनमा नव निर्वाचित कोषाध्यक्ष खेम बहादुर गुरुङ तथा महासचिव धरम बल गुरुङले अग्रसरता लिई दुई हप्ताको समय सीमा भित्र घ् १,७०५ पाउण्ड संकलन गर्न सफल भएको थियो ।

समाजले आफ्नो कोषबाट ५०० पाउन्ड, संकलित रकम १७०५ पाउन्ड र आइएमइ लण्डन सुविधा यूकेबाट १५।४० पाउन्ड गरी जम्मा हुन आएको घ् २,२२०।४० पाउन्ड नेपाली रु। ३,५०,१४९ ९तीनलाख पचास हजार एकसय उनानपचास रुपैयाँ० सहयोग गर्न सफल भएको हो।

संकलित रकम गत १७ जुलाई २०२१ का दिन तमु समाज यूकेका प्रतिनिधि वरिष्ठ उपाध्यक्ष हर्क बहादुर गुरुङकी श्रीमति शन्तिकला गुरुङले काठमाडौं स्थित आफ्नै निवासमा नेपाल जनजाति पत्रकार महासंघका अध्यक्ष तथा वरिष्ठ पत्रकार डण्ड गुरुङको रोहबरमा पीडित पक्षको प्रतिनिधि नीता गुरुङलाई एक समारोहको बीच हस्तान्तरण गरेकी छन् । पीडित पक्षले तमु समाज यूके कार्यसमिति तथा सम्पूर्ण सहयोग दातालाई धन्यबाद व्यक्त गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!