संसद् भवनअघि भूतपूर्व ब्रिटिश गोर्खा सैनिकको प्रदर्शन

SHARE:

काठमाडौं साउन ३ ।

 

 

 

भूतपूर्व ब्रिटिश गोर्खा सैनिकले नेपाल र बेलायत सरकारलाई आफ्नो माग पूरा गरिदिन भन्दै सांकेतिक प्रदर्शन गरेका छन् ।

आज आईतवार संसद भवन अगाडि उनीहरुले सांकेतिक प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सत्याग्रह संघर्ष समिति नेपालका संयोजक एलबी घिसिङले गोर्खाली सैनिक २०७ वर्षदेखि ब्रिटिशको विभेदको शिकार भएको बताएका छन्। संयोजक घिसिङले यो अपमान र पीडा सबै नेपालीहरुको भएकोले सरकार, सधन र सडकमा यी विषयहरु उठाइदिन माग गरे।

घिसिङले आफ्ना मागहरुमा चासो दिएर सम्बोधन नगरे २१ जुलाईबाट बेलायती प्रधानमन्त्री कार्यालयअघि आमरण अनसन बस्ने समेत चेतावनी दिए।बेलायती सरकारले नेपाली ब्रिटिश सैनिकहरुलाई दासको जस्तो व्यवहार र अमानवीय व्यवहार गरेको छ, घिसिङले भने, यदि दुवै सरकारले यी विषयमा चााडो छलफल गरेर ब्रिटिश सरहकै व्यवहार गर्नुपर्छ ।

३२ वर्षदेखि समानता, सम्मान र इज्जतका लागि संघर्षरत रहेको जनाउादै घिसिङले ३ मेमा अल्टिमेटम दिएपनि चासो नदिएकोले १५ जुन २०२१ मा सडक प्रदर्शन गरेर बेलायनी प्रधानमन्त्री बोरिस जोनसनलाई पुन स्मरण गराएको जनाए। ब्रिटिश आर्मी सरह नै गोर्खा ब्रिटिश आर्मीले पनि तलब, पेन्सन र सेवासुविधा पाउनुपर्ने उनीहरुको माग छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!