प्रधानमन्त्री देउवाले मागे विश्वासको मत

SHARE:

काठमाडौं साउन ३ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेका छन् ।

संसद पुनर्स्थापनापछि आज बसेको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन संसदमा प्रतिनिधित्व गर्ने दल तथा सांसदहरुसँग विश्वासको मत मागेका हुन् । अहिले नेपाल महामारी र राजनीतिक अस्थिरताका कारण देश कठिन अवस्थामा रहेको भन्दै महामारी र राजनीति दुवै क्षेत्रको व्यवस्थापनका लागि आफूलाई विश्वासको मत दिन आग्रह गरे।

उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका राम्रा कामहरु आफूहरुका लागि पाठ हुने भन्दै राम्रा कामलाई निरन्तरता दिने पनि बताए । प्रधानमन्त्री देउवाले लोकतन्त्रलाई बलियो बनाउन सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने र त्यसको लागि आफू प्रतिबद्ध रहेको बताए ।

सर्वोच्च अदालतको परमादेश अनुसार देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!