प्रधानमन्त्री देउवालाई पाए संसद्‌मा विश्वासको मत

SHARE:

काठमाडौं असार ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नु भएको छ ।
आइतबार साँझ आफूमाथि प्रतिनिधिसभामा विश्वासको मत छ भनी प्रधानमन्त्री देउवाले राख्नु भएको प्रस्ताव बहुमतले पारित भएको हो । प्रतिनिधिसभामा आइतबार उपस्थित २४९ जना सदस्यहरुमध्ये १६५ जनाले विश्वासको मत दिएकाले प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत प्राप्त भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गर्नु भयो । प्रस्तावको विपक्षमा भने ८३ मत परेको थियो भने मत दिन्न भन्नेमा १ मत परेको छ ।

प्रधानमन्त्री देउवालाई आफ्नो पार्टी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), जनमोर्चा, नेकपा (एमाले)का अध्यक्ष केपी ओली र माधव नेपाल पक्षको केही सांसदले समेत मत दिएका थिए ।
देउवा २९ असारमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!