इङल्याण्डमा आजदेखि लकडाउन हट्यो,कोरोना संक्रमण भने बढ्दै

SHARE:

लण्डन साउन ४ ।

इङल्याण्डमा आजदेखि कोरोना भाइरसको संक्रमण फैलन नदिन अपनाइएका सबै नियन्त्रणकारी कदमहरुको अन्त्य गरिएको छ ।

कोरोना भाइरसका कारण इङल्याण्डमा विगत ४८२ दिनदेखि कहिले पूर्ण लकडाउन त कहिले आंशिक रुपमा विभिन्न नियन्त्रणकारी नियमहरु लगाइँदै आइएको थियो । आजदेखि भने सामाजिक दुरीको पालना गरिरहनु पर्ने कानुनी बाध्यता रहने छैन । त्यस्तै नाइट क्लव लगायत सबै किसिमका व्यवसायहरुलाई निर्वाधरुपमा सन्चालन गर्न अनुमति दिइएको छ ।

यस्नै वैवाहिक समारोह तथा अन्तिम सँस्कारमा सीमित व्यक्तिले मात्र सहभागिता जनाउन पाइने नियम पनि अब हटेको छ । यस्तै खेलकुदजन्य गतिविधिमा सीमित मात्र दर्शक राख्न पाइने प्रावधान पनि खारेज भएको छ । कन्सर्ट, थियटर आदिमा पनि अब निर्बाध रुपमा प्रवेश गर्न पाइनेछ ।

मास्क लगाउनै पर्ने बाध्यता पनि अब सकिएको छ तर सार्वजनिक यातायात सन्चालकहरुले भने आफ्ना यात्रुहरुलाई मास्क लगाउन पर्ने नियम बनाउन पाउने छन् । त्यही नियमलाई पालना गर्नै लण्डनको ट्रान्सफर फर लण्डन, ट्याक्सीमा यात्रु ओसारपसार गर्ने उबर लगायतले यात्रुहरुलाई मास्क लगाउन अनिवार्य गरेका छन् ।

इङल्याण्डबाट बाह्य मुलुकमा यात्रा गर्नका लागि बनाइएको ट्राफिक लाइट व्यवस्था भने अझै जारी छ । तर दुवै डोज खोप लगाएका र १८ वर्ष मुनीकाले पहेँलो सूचीमा रहेको मुलुकबाट फर्कँदा आइसोलेसनमा बस्न नपर्ने भएको छ ।

लकडाउन पूर्णरुपमा हटाए पनि कोरोना महामारीका सङ्क्रमितहरु भने बढिरहेका छन् । बेलायतका प्रधानमन्त्री र अर्थमन्त्री कोभिड संक्रमितसित सम्पर्कमा रहेका कारण अहिले आइसोलेसनमा छन् भने स्वास्थ्य मन्त्रीलाई कोभिड संक्रमण भएको छ ।

गएको २४ घन्टाभित्र ४८ हजारभन्दा बढी सङ्क्रमित देखिएका प्राप्त समाचारमा जनाइएको छ । यो समेतगरी बेलायतमा अहिलेसम्म सङ्क्रमित हुने व्यक्तिको संख्या ५४ लाख ३३ हजार पुगेको । साथै गएको २४ घन्टाभित्र यस संक्रमणबाट २५ जनाको निधन भएको छ । यो समेतगरी बेलायतमा कोरोनाको सङ्क्रमणबाट निधन हुने व्यक्तिको संख्या १ लाख २८ हजार भन्दा बढी पुगेको बताइएको छ ।

बेलायतमा पछिल्लो समयमा यसको संक्रमण बढेको तथ्याँकले देखाएको छ । बेलायतमा पछिल्लो समयमा ‘डेल्टा भेरियन्ट’ को संक्रमण फैलिएको बताइएको छ । यो भेरियन्ट पहिलाको तुलनामा बढी सङ्क्रामक रहेकोले विज्ञहरुले बताएका छन् ।

बेलायतमा ८८ प्रतिशत वयस्कले कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् भने अरु ६८ प्रतिशतले दोस्रो मात्रा लिएका बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!