कोरोनाको तेस्रो लहरसँग जुध्नका लागि प्रधानमन्त्रीलाई विज्ञको १८ बुँदे सुझाव

SHARE:

काठमाडौं साउन ६ ।

नेपाल जनस्वास्थ्य प्रतिष्ठानले कोरोना भाइरस सङ्क्रमणको सम्भावित तेस्रो लहरसँग जुध्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाव दिएको छ ।

प्रधानमन्त्री देउवालाई सुझाव दिँदै प्रतिष्ठानले राजनीतिक वृत्त, नागरिक समाज र स्वास्थ्यकर्मीसहित सबैको सुझाव तथा सल्लाहलाई सम्मान र ग्रहण गर्न सक्ने क्षमता भएको व्यक्तिलाई स्वास्थ्य मन्त्री नियुक्त गर्न आग्रह गरेको छ । यस्तै स्वास्थ्य प्रणालीको क्षमता बढाउन, घर र संस्थागत आइसोलेशन तथा क्वरेण्टीनलाई व्यवस्थित गर्न, औषधि तथा अक्सिजन आपूर्ति, प्रभावकारी परीक्षणको व्यवस्था गर्न, सीमा क्षेत्रको आवागमन व्यवस्थित गर्नुपर्ने सुझावहरू समेटिएका छन् ।

यस्तै महिला स्वास्थ्य स्वयंसेविका तथा वडास्तरका स्वास्थ्यकर्मीको सक्रियतामा कोरोनामाथि निगरानी बढाउन, दुर्गम क्षेत्रमा जाँच र उपचारको पहुँच पुर्‍याउनुपर्ने लगायतका सुझाव पनि दिइएको छ । प्रतिष्ठानले कोरोना महामारीको समयमा मानसिक समस्यासँगै मुटु, फोक्सोको रोग, मस्तिष्काघात र पखाला लगायतका रोगको उपचारलाई पनि ध्यान दिन सुझाव दिएको छ ।

प्रतिष्ठानका तर्फबाट प्रधानमन्त्रीलाई दिइएको सुझाव पत्रमा डाक्टरहरू महेश मास्के, कुलचन्द्र गौतम, रीता थापा, बद्रीराज पाण्डे, अरुणा उप्रेती, शिवकुमार राई, छत्र अमात्य, शरद वन्त, अभिनव वैद्य, समीर दीक्षित, राजेन्द्र बिसी, तीर्थ राना, लोचना श्रेष्ठ, विन्ज्वला श्रेष्ठ, रजनी शाह र नारायण सुवेदीले हस्ताक्षर गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!