लण्डन साउन ७ ।

बेलायतमा कार्यरत स्वास्थ्यकर्मीहरूको सेवा सुविधा वृद्धि गरिएको सरकारले घोषणा गरेको छ ।
पछाडिको मिति राखेर गत अप्रिलदेखि नै लागु हुनेगरी सरकारले सेवा सुविधामा वृद्धि गरेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । राज्यको स्वतन्त्र निकाय राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसले स्वास्थ्यकर्मीहरूको तलबमा तीन प्रतिशत वृद्धि गर्न सिफारिस गरेपछि सरकारले वृद्धि गरिदिएको हो ।
ुस्वास्थ्यकर्मीहरूको भित्र नर्स, पारामेडिसिन, कन्सल्टेन्ट, डेन्टीस्टलगात पनि पर्नेछन्, उनीहरूले पनि तलब वृद्धिको सुविधा पाउने भएका छन्,सरकारी निकायद्धारा जारी वक्तव्यमा लेखिएको छ । बेलायतमा स्वास्थ्य क्षेत्रको सेवा, सुविधा, गुणस्तर, मापदण्ड आदि निर्धारण गर्न स्वतन्त्र निकायको रूपमा राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसको व्यवस्था गरिएको छ ।
कोरोनाभाइरसको महामारी विरुद्धको लडाइमा अग्रपंक्तिमा रहेर काम गरेकाले उनीहरूको सेवा सुविधा वृद्धि आवश्यक भएको एनएचएसले निश्कर्ष निकालेको हो ।






