नेपाल पक्षका नेताले गरेका सबै गल्तीलाई आममाफी दिने एमाले अध्यक्ष ओलीको घोषणा

SHARE:

काठमाडौं साउन ७ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षका नेताले गरेका सबै गल्तीलाई आममाफी दिने घोषणा गरेका छन् ।

प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई स्पष्टीकरण सोध्दै कारबाहीको चेतावनी दिएको दुई दिनपछि अध्यक्ष ओलीले विगतका गल्तीलाई आफूले माफी दिने र अब मिलेर अघि बढ्न आग्रह गरे ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा आज बिहीवार ललितपुरमा भएको कार्यक्रममा अध्यक्ष ओलीले बाटो बिराएका र भड्किएका सबै नेतालाई आममाफी दिने घोषणा गरेका हुन् ।

पछिल्लो समय माधव नेपाल समूहका नेतामाथि आक्रोशित बन्दै आएका ओलीले आज माफी दिने घोषणा गर्नुलाई महत्त्वका साथ हेरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!