मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याइयो

SHARE:

काठमाडौं साउन ९ ।

Nepal, Kathmandu, 7 mei 2014
Op de luchthaven Tribhuvan, de internationale luchthaven van Kathmandu, hebben de broers van de heer Dhital zijn lichaam opgehaald. De heer Dhital is in Qatar gestorven aan een acute hartstilstand. Hij werkte als chauffeur op een bestelbus. Elke week arriveren er vier overleden Nepalese gastarbeiders uit de Golfstaten op het vliegveld. De familie zal zijn lichaam terugbrengen naar zijn woonplaats in het Syanja district, ten westen van Kathmandu.
Every week on theTribhuvan airport in Kathmandu 4 dead body’s of Nepalese migrant workers arrive. On the picture; the brothers of Mr Dhital, who was working as a lorry driver in Qatar, are picking up his body. Cause of death: cardiac arrest. The family will bring his body to the village he was living in the Syanja District, west of Kathmandu.
Foto: Jan Everhard/Hollandse-Hoogte

नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सको जहाजले मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएको छ ।

निगमको वाइडबडी ए ३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जानकारी दिएको छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आजै आफन्तलाई जिम्मा लगाइएको छ । यसैबीच सरकारले चीनबाट खरिद गरिएको कोभिडविरुद्धको भेरोसेल खोप लिन निगको अन्तिम उडानको जहाज आइतबार चीनको बेइजिङ जाने उडान तालिका रहेको निगमले जनाएको छ । निगमले पछिल्लो पटक तीन उडानमार्फत चीनबाट खोप नेपाल ल्याएको छ ।

गत असार २५ गते पहिलो उडानमार्फत आठ लाख मात्र खोप नेपाल ल्याइएको थियो । त्यस्तै साउन १ गते थप मात्राको खोप ल्याइएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!