महन्थको पक्षमा आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार

SHARE:

काठमाडौं साउन १० ।

जनता समाजवादी पार्टी जसपा विवादमा महन्थ ठाकुरको मागअनुसार अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

निर्वाचन आयोगले जसपाको स्थापना समयको कार्यकारिणी समितिको सदस्य उपस्थित गराउँदै सनाखत गर्ने आदेश गरेको थियो । त्यसविरुद्ध परेको रिटमा न्यायाधीश कुमार रेग्मीको इजलासले निर्वाचन आयोगको खुल्ला इजलासमा बहस भएर आदेश भएकाले थप आदेश जारी नहुने भनेको हो ।

निर्वाचन आयोगजस्तो संवैधानिक अंगले खुल्ला इजलासमा बहस पैरवी छलफलसमेत गराइ गरेको निर्णयलाई रिट निवेदकको मागबमोजिम तत्काल अन्तरिम आदेशबाट कार्यान्वयन हुन रोक्नका लागि निर्णयकर्ता र विवादको अर्को पक्षसमेतलाई छलफलमा राखी उक्त छलफल गर्न साउन ५ गते दुवै पक्षलाई झिकाउने आदेशमा उल्लेख छ ।

प्रस्तुत विवादसँग सम्बन्धित निर्वाचन आयोगको निर्णयको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत् पेशीका दिन इजलाससमक्ष देखाइ फिर्ता लाने गरी झिकाउन आदेशमा भनिएको छ। आयोगले सनाखतका लागि नागरिकतासहित भोलि आयोगमा उपस्थित हुन भनेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!