गोर्खाहरुको रिले अनशनमा जनजाति महासंघ यूकेका अध्यक्ष शेर्पाको ऐक्यबद्धता

SHARE:

लन्डन जुलाई २५ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेको अध्यक्ष कर्म पहाडी शेर्पा गोर्खा सत्याग्रहले आयोजना गरेको रिले अनशन कार्यक्रममा ऐक्यबद्धता जाहेर गरेको छ ।

समान पेन्सनलगायत अधिकार माग गर्दै गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले बेलायती प्रधानमन्त्री कार्यालय अगाडि गरेको रिले अनशन आइतबार पुगेर अध्यक्ष शेर्पाले धर्नामा सहभागी हुँदै ऐक्यबद्धता जनाएका हुन् । उक्त अवसरमा सबै समानधिकारवादी संस्थाहरूले सहयोग गर्नु पर्ने र नैतिक समर्थन गर्न नेपाल आदिवासी जनजाति महासंघ यूकेको तर्फबाट अनुरोध गरेका थिए ।

गोर्खाहरूले उठाएको माग जायज भएकोले बेलायत सरकारले यथाशीघ्र पूरा गरी गोर्खाहरूको योगदानलाई सम्मान गर्न पनि अध्यक्ष शेर्पाले अनुरोध गरेका थिए । त्यस अवसरमा नेपाल आदिवासी जनजाति महासंघ नेपालको पूर्वसचिव नेपाल आदिवासी जनजाति महासंघ यूकेको सल्लाहकार भक्तबहादुर दुरा पनि उपस्थित भएर रिले अनसनमा एकाबद्धता जनाए ।

उनले सबै गोर्खा जन्य संस्थाहरू एकजुट भएर आफ्नो समानधिकारको मागलाई पूरा गर्न पनि अनुरोध गरेका छन् ।

गोर्खाहरूले गरेको बेलायतको बिकास निर्माण र शान्ति सुरक्षाको योगदानहरूलाई नबिर्सिन बेलायत सरकारलाई अनुरोध गरेको छ भने नेपाल सरकारलाई यसको पहल गर्न अनुरोध गरेको अध्यक्ष शेर्पाले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!