लण्डन साउन ११ ।

लिभरपुल नेपाली समाज बेलायतले अधिवेशन मार्फत नयाँ कार्यसमिति चयन गरेको छ ।
समाजको सम्पूर्ण कार्यसमिति आइतबार सर्वसम्मत चयन भएको हो । आगामी २ बर्षका लागि गठित उक्त कार्यसमितिमा देउमान इजम पुनः अध्यक्ष चुनिएका छन् । साथै उपाध्यक्षमा चित्र गुरुङ र नरेश कुमार बिष्ट निर्वाचित भएका छन् । नयाँ कार्यसमितिको सचिवमा मनिका लुइंटेल, सहसचिव बिनु सुबेदी कार्की र कोषाध्यक्षमा देवी गुरुङ चयन भएको समाजले जनाएको छ ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा शिवराज पन्त, उज्वल भण्डारी, ज्ञानु घिमिरे र सिर्जना पोखरेल छनोट भएका छन् । नवनिर्वाचित कार्यसमितिलाई समाजका सल्लाहकार तथा निर्वाचन कमिटी सदस्यहरु प्रवीन घिमिरे, भक्त गुरुङ, योग उपाध्याय र डा. मनोहर बुढाथोकीले सदस्यता प्रमाणपत्र प्रदान गरेका थिए ।






