दुरा समाज बेलायतको चौथो महाधिवेशन सम्पन्‍न, अध्यक्षमा फाराम चयन 

SHARE:

लन्डन साउन  । दुरा सेवा समाज बेलायतको चौथो महाधिवेशन सम्पन्न भएको छ ।

जुलाई २५ तारिख २०२१ साउथ इस्ट लन्डनको प्लमस्टिड जिगेसो हलमा समाजका अध्यक्ष इन्द्रबहादुर दुराको अध्यक्षता र जेष्ठ सदस्य तुलबहादुरको प्रमुख आतिथ्यता र विशेष अतिथिहरू नेपाल आदिवासी जनजाती महासंघ नेपालका पूर्वसचिव भक्तबहादुर दुरा र समाजका वरिष्ठ ब्यक्तित्व क्याप्टेन होमबहादुर दुराको उपस्थितिमा भएको हो ।

समाजका उल्लेखनीय सदस्यहरूको सहभागिता भएको महाधिवेशनको उद्घाटन समारोहपछि विभिन्न व्यक्तिहरूबाट शुभकामना मन्तव्यहरू बेलायतमा नवआगन्तुक सदस्यहरूलाई खाद लगाएर स्वागत गरिएको थियो । समाजमा विवादित रहेको कोर्जे र समाजको सांगठानिक संरचनाहरूमा गर्नुपर्ने केही प्रस्तावहरूको छलफलको साथ निर्णयहरू पारित गरेको छ ।

अधिवेशन उद्घाटन खण्डको समापनपछि कार्यक्रम अध्यक्ष मण्डललाई कार्यक्रम हस्तान्तरण गरिएको थियो । समाजका सल्लाहकार भक्तबहादुर दुरा अघ्यक्ष रहेको अध्यक्ष मण्डलले सन्चालन गरेको कार्यक्रममा समाजका महासचिवको प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत र प्रस्तुत प्रतिवेदनहरू सभाबाट पारित गरेको थियो ।

दुरा सेवा समाज बेलायतको चौथो महाधिवेशनको निर्वाचन मण्डलको अध्यक्ष भक्तबहादुर दुराले अध्यक्षता गरेको निर्वाचन मण्डलले फाराम दुरालाई अध्यक्ष, हरिबहादुर दुरालाई वरिष्ठ उपाध्यक्ष, देवबहादुर दुरा र रविन दुरालाई उपाध्यक्षमा चयन गरेको छ । कार्यसमिति महासचिव हिमानसिङ दुरा र कोषाध्यक्षमा सुकबहादुर दुरालाई चयन गरेको छ । यससंगै अन्य बिभिन्न सदस्यहरूको चयन गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!