गैरआवासीय नेपाली संघ एनआरएनको दशौं अधिवेसन सम्पन्न

SHARE:

लण्डन साउन १२ ।

गैरआवासीय नेपाली संघ एनआरएनको दशौं अधिवेसन सम्पन्न भएको छ ।

अधिवेसनको उद्घाटन सत्रमा बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी, गैरआवासीय नेपाली स‌ंघ एनआरएन अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा. बद्री केसी, महासचिव डा. हेमराज शर्मा, प्रवक्ता डिबी क्षेत्री, युवा संयोजक हिमाल गुरुङ, सल्लाहकारहरु कुल आचार्य, विश्वआदर्श पण्डित, युके एनसिसीका पूर्व अध्यक्षहरु योगकुमार फगामी, महेन्द्र कँडेल, सूर्य गुरुङ, युरोप संयोजक नारायण आचार्य, सहसंयोजक कृष्ण तिमिल्सिना, आइसिसी सदस्य रामशरण सिंखडा, गोरखा टास्क फोर्सका संयोजक लेफ्टिनेण्ट रिटायर्ड चन्द्र गुरुङ, प्रवासी नेपाली मन्च युकेका अध्यक्ष भक्त गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

एनआरएनए युकेका अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा भएको सो सत्रको संचालन महासचिव फडिन्द्र भट्टराईले गरेका थिए । उद्घाटन सत्रमा कीर्तिमानी आरोही निर्मल पुर्जालाई सम्मान गरिएको थियो । यसैगरी संघको मुखपत्र ‘एनआरएन भ्वाइस’ को पनि आवरण सार्वजनिक गरिएको थियो । सो समारोह करिब साढे चार घण्टा चलेको थियो ।

अधिवेसनको दोस्रो सत्र करिब साढे ४ बजे शुरु भएको थियो । सो सत्रमा महासचिव फडिन्द्र भट्टराईले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष ईन्जिनियर तेजेन्द्र रोकामगरले आर्थिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमाथिको छलफलका क्रममा विषयहरु तानिँदै गएपछि छलफल लम्बिएको थियो । लामो छलफलपश्चात दुवै प्रतिवेदन पारित भएको थियो । सोही सत्रमा बेलायतभित्रका चारवटा अन्य राज्यसमितिहरुले पनि प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसभन्दा अघि एनआरएनए युकेको अधिवेसन भौतिक उपस्थितिमा हुने गरेको थियो तथापि यति लामो समयसम्म कहिल्यै चलेको थिएन । कोरोना महामारीका कारण भौतिक उपस्थिति असम्भव भएपछि पहिलोपटक एनआरएनए युकेको अधिवेसन र निर्वाचन अनलाइनमार्फत हुन लागेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!