पूर्वसभामुख महराले उच्च अदालतबाट पनि सफाइ पाए

SHARE:

काठमाडौं साउन १२ ।

संसद सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् ।जर्बजस्ती करणी उद्योग मुद्दामा सुनुवाई गर्दै उच्च अदालत पाटनले मंगलबार काठमाडौं जिल्ला अदालतको सुरु फैसला सदर गरेको हो। न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरालाई सफाइ दिने काठमाडौं जिल्ला अदालतको निर्णयलाई सदर गरेको अदालतकी प्रवक्ता अमृता कुमारी शर्माले जानकारी दिइन् ।

महरा सभामुख रहेका बेला संसद सचिवालयमा काम गर्ने एक महिला कर्मचारीले आफूमाथि जर्बजस्ती करणीको प्रयास गरेको भन्दै मुद्दा दायर गरेकी थिइन्। वि.सं.२०७६ असोज १४ गते पदबाट राजीनामा दिएका महरा असोज १९ गते सभामुख निवासबाटै पक्राउ परेका थिए ।

कात्तिक १८ गतेदेखि डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई २०७६ फागुन ५ गते काठमाडौं जिल्ला अदालतले निर्दोष रहेको फैसला सुनाएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!