टोकियो ओलम्पिकमा गौरिकाको राष्ट्रिय कीर्तिमान

SHARE:

एजेन्सी साउन १३ ।

जापानमा भइरहेको टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

एक सय मिटर फ्री स्टाइलमा गौरिकाले एक मिनेट दशमलव ११ सेकेन्डको कीर्तिमान बनाएकी हुन् । चार जना खेलाडी रहेको हिट चरणमा गौरिका तेस्रो भइन् । ओलम्पिकमा राष्ट्रिय कीर्तिमान कायम गरे पनि गौरिका अघिल्लो चरणमा पुग्न भने असफल भइन् ।

नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने क्रममा गौरिकाले ५८ दशमलव १३ सेकेन्डमा दुरी पूरा गर्दै राष्ट्रिय कीर्तिमान राखेकी थिइन् । उनले सन् २०१९ मा दक्षिण कोरियामा भएको विश्व च्याम्पियनशिपमा भने एक मिनेट ६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान राखेकी थिइन् ।

पौडीमा नेपालका एलेक्स साह पनि हिजो हिट चरणभन्दा माथि पुग्न सकेका थिएनन् । यसअघि नै जुडो र शुटिङका खेलाडी पनि प्रारम्भिक चरणबाटै बाहिरिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!