चैतभित्र सबै नागरिकलाई खोप लगाइन्छ: स्वास्थ्य मन्त्रालय

SHARE:

काठमाडौं सउन १५ ।

सरकारले आउँदो चैत मसान्तसम्ममा कोरोनाविरुद्धको खोप लगाउन योग्य सबै नागरिक खोपको पहुँचमा पुग्ने दाबी गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर यसअघि प्राप्त र प्राप्त हुने क्रममा रहेका खोपको जानकारी गराउँदै आउँदो चैत मसान्तभित्रमा सबै खोप योग्य नागरिकलाई खोप लगाइने जानकारी गराएका हुन् । प्रवक्ता पौडेलले चिनियाँ कम्पनी सिनोफार्मबाट थप ६० लाख डोज कोरोना खोप खरिदका लागि सम्झौता अगाडि बढेको पनि जानकारी दिएका छन् ।

कोभ्याक्स सुविधामार्फत चीनले अनुदानमा उपलब्ध गराउने १६ लाख डोज खोप असोज मसान्तभित्र उपलब्ध हुने र भारतसँग खरिद सम्झौता भएको कोभिशिल्डको १० लाख डोज खोप पनि असोज मसान्तभित्र नै प्राप्त हुने विज्ञप्तिमा उल्लेख छ । यस्तै १२ वर्षमाथिका बालबालिकालाई फाइजरको ६० लाख डोज खोप ल्याउने प्रक्रिया अगाडि बढेको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म ९७ लाख ८२ हजार आड सय ५० डोज खोप प्राप्त भइसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!