सहारा एकेडेमीलाई साढे २ लाख सहयोग

SHARE:

पोखरा । सहारा क्लबद्वारा सञ्चालित सहारा एकेडेमीलाई क्लबका संस्थापक कोषाध्यक्ष रामचन्द्र गुरुङ तथा उनका परिवारले आर्थिक सहयोग गरेका छन् ।
एकेडेमीको अक्षय कोषमा गुरुङसहित उनकी धर्मपत्नी उमादेवी १ लाख १ सय ५ रुपैयाँ र छोरी उरुप्साले ५० हजार प्रदान गरेका हुन् । यसैगरी एकेडेमीका लागि समाजसेवी एवम् रंगशाला आमा समूहकी अध्यक्ष चन्द्रावती गुरुङले समेत १ लाख १ सय ५ रुपैयाँ प्रदान गरिन् ।

सहयोगदाता रामचन्द्र गुरुङका परिवार र चन्द्रवती गुरुङले सहयोग रकम सहारा क्लबका अध्यक्ष केशवबहादुर थापालाई हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण कार्यक्रममा एकेडेमीको गतिविधिका बारेमा जानकारी दिँदै एकेडेमीका संयोजक एवम् क्लबका पूर्वअध्यक्ष विक्रम थकालीले एकेडेमी सञ्चालन गर्न मासिक दुइ लाख खर्च लाग्ने बताए ।
सो अवसरमा सहयोगी गुरुङ परिवारद्वयलाई क्लबका सल्लाहकार परिषद्का सभापति वीरभद्र आचार्यले धन्यवाद ज्ञापन गरेका थिए । साहरा क्लबद्वारा २०७० सालबाट सञ्चालित एकेडेमीमा २८ जना विपन्न बालकहरुलाई आश्रय दिएर शिक्षाका साथै फुटबल प्रशिक्षण प्रदान गरिँदै आएको छ ।

क्लबले एकेडेमी सञ्चलानका लागि दुइ करोडको अक्षय कोष सञ्चालनार्थ विविध कार्यक्रम गर्दै आएको छ । अक्षयकोषका लागि देश विदेशमा रहेका समाजसेवी तथा संस्थाहरुले सहयोग रकम प्रदान गर्दै आइरहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!