तमु समाज यूकेको स्वागत तथा बिदाइ कार्यक्रम [मनोनितहरुको नामावलीसहित]

SHARE:

नारायणसिंह गुरुङ
लन्डन । तमु समाज युकेले १ अगस्ट २०२१ आइतबार विम्बलीस्थित आफ्नै सामुदायिक भवनमा भव्य समारोहबीच सल्लाहकारहरुसहितको पाँचौं कार्यसमितिका सम्पूर्ण सदस्यहरुलाई धन्यवादको साथमा बिदाई र नयाँ ट्रष्टिज सदस्यहरु र सल्लाहकारहरुसहितको छैटौं कार्यसमितिका सम्पूर्ण सदस्यहरुलाई शुभकामनासहित स्वागत गरेको छ। उक्त अवसरमा नै कानुनी सल्लाहकार अधिवक्ता राजु थापा र इन्जिनियरिङ सल्लाहकार काशीराज बोहोरालाई पनि खादा, प्रमाण पत्र र मायाको चिनो स्वरूप समाजको लोगो अंकित मग प्रदान गरेर सम्मान गरिएको थियो ।

सम्मान कै क्रममा तमु समाज यूकेको मूल समितिको मातहतमा रहेर समाजलाई योगदान दिएका विभिन्न उपसमितिहरू जस्तै आमा समूह, भवन खरिद समिति, युथ कमिटी आदि आदिका सदस्यहरु सबैलाई प्रमाण पत्र, मायाको चिनो र खादाले संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, वर्तमान अध्यक्ष शिवकुमार गुरुङ, आमा समूहको वर्तमान अध्यक्ष उमादेवी गुरुङ र आमा समूहकी पूर्वअध्यक्ष माया गुरुङबाट सम्मान गरिएको थियो ।

सम्मान तथा बिदाइ कार्यक्रम गर्नुपूर्व छोटो औपचारिक कार्यक्रम गरिएको थियो । अध्यक्ष शिवकुमार गुरुङको अध्यक्षतामा सञ्चलालित औपचारिक कार्यक्रमलाई महासचिव धरम बल गुरुङले सञ्चालन गरेका थिए भने उपाध्यक्ष हर्कबहादुर गुरुङले छोटो स्वागत मन्तव्य राखेका थिए । त्यस्तैगरी संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले समाजको सुरुको दिनको संघर्षमय दिनहरूलाई सम्झँदै आज समाजलाई यो उचाई र अवस्थासम्म ल्याइ पुर्‍याउने सबैलाई धन्यवाद दिँदै र आउने दिनहरुमा नयाँ कार्यसमितिले नयाँ उचाइ दिनेछ भन्ने शुभकामना दिए ।

त्यस्तैगरी महासचिव धरम बल गुरुङले गएको बैठकको माइन्युटिङ पढेर सुनाएका थिए । साथै आउने दिनको कार्यक्रमहरू (Forecast of events) पनि सुनाएका थिए । र, यस चरणको अन्तमा अध्यक्ष शिवकुमार गुरुङले हालसालै नेपालस्थित लमजुङ जिल्लाको दोर्दी खोलामा गत असार १ गते राति भीषण वर्षा भई हाम्रो आफ्नै समाजको सल्लाहकार टेकबहादुर गुरुङको नातेदारको घर बगाएकोमा उनकै अनुरोधमा अर्थ संकलन अभियान चलाएर ३ लाख ५० हजार रुपैयाँ सहयोग गर्न सफल रहेकोमा त्यस सहयोगको प्रशंसा गर्दै सबैलाई धन्यबाद दिए ।

मन्तव्यका क्रममा पाँचौं कार्यसमितिको निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङले आमा समूह, हाउजिङ कमिटी, युवा कमिटी, सल्लाहकारहरु, कमिटीका पदाधिकारी साथीहरु सबैको अथक् परिश्रम र इमान्दारिताले गर्दा नै यो कार्यसमिति सफल भएको भन्दै सबैलाई धन्यवाद दिएका थिए ।

वर्तमान अध्यक्ष शिवकुमार गुरुङले पाँचौं कार्यसमितिका तथा निर्वतमान अध्यक्ष शिवचन्द्र गुरुङ, उपाध्यक्ष कन्यप्रसाद गुरुङलगायत सम्पूर्ण पदाधिकारीहरुले आफ्नो कार्यकालमा गर्नुपर्ने विभिन्न महत्वपूर्ण कार्यहरु जस्तोसुकै परिस्थितिलाई पनि सहज र सरल रुपमा गहन जिम्मेवारीका साथ आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा हार्दिक बधई तथा धन्यवाद व्यक्त गरेको थियो।

यसैगरी छैठौं कार्यसमितिका नवनिर्वाचित सम्पूर्ण पदाधिकारिहरु, ट्रष्टिजहरु र छैठौं कार्यसमितिबाट मनोनित भएका सल्लाहकारहरुलाई बधाईसहित हार्दिक स्वागत गर्दै छैठौं कार्यसमितिले पूर्णता पाएको पनि घोषण गरिएको थियो । वर्तमान अध्यक्ष शिवकुमार गुरुङको नेतृत्वको छैठौं कार्यसमितिले वर्तमानका विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिँदै नयाँ उत्साह र भिजनका साथ यस गरिमामय संस्थालई अझ माथिल्लो उचाईमा पुर‍्‍याउन पूर्णरुपमा कटिबद्ध रहने प्रतिबध्दता पनि ब्यक्त गरेका थिए ।

तमु समाज यूकेको छैठौं कार्यसमितिमा मनोनित सल्लाहकार तथा क्षेत्रीय प्रतिनिधिहरुको नामावली निम्नअनुसार छ ।

१. चित्र बहादुर गुरुङ
२. शिवशरण गुरुङ
३. अर्जुनकुमार गुरुङ
४. शिवचन्द्र गुरुङ
५. रेनुमाया गुरुङ
६. टंकराम गुरुङ
७. टीकादेवी गुरुङ
८. ले.री. पञ्चबहादुर गुरुङ
९. विजु गुरुङ
१०. कन्यप्रसाद गुरुङ
१२. उपदेशक लामा प्रेम गुरुङ
१३. रामचन्द्र गुरुङ
१४. ज्ञानबहादुर गुरुङ
१५. केदारबहादुर गुरुङ
१६. उदय गुरुङ
१७. माया गुरुङ
१८. महेश घले (ननिटन प्रतिनिधि)
१९. खड्गबहादुर गुरुङ
२०. सुबासिङ्ग गुरुङ (वि.ई एम)
२१. ले.थमप्रसाद गुरुङ
२२. जुमबहादुर गुरुङ
२३. बाबुराम गुरुङ
२४. इमान घले
२५. यामबहादुर गुरुङ
२६. चन्द्रबहादुर गुरुङ (क)
२७. चन्द्रबहादुर गुरुङ (ख)
२८. लेख गुरुङ
२९. कमल गुरुङ
३०. प्रेमकाजी गुरुङ
३१. हितमान गुरुङ (हेम्पशायार प्रतिनिधि)
३२. कर्णबहादुर गुरुङ
३३. टेकबहादुर गुरुङ
३४. राजु थापा
३५. काशीराज बोहोरा
३६. लेखनाथ घिमिरे
३७. क्या. जीवनकुमार गुरुङ
३८. गोपीराम गुरुङ
३९. मिठु गुरुङ (वर्कशायर प्रतिनिधि)
४०. क्या. चन्द्रबहादुर गुरुङ
४१. नरबहादुर गुरुङ
४२. क्या. तेशरजङ्ग गुरुङ
४३. दिलीप गुरुङ (एम.बि.ई)
४४. ओमप्रसाद गुरुङ ।

अन्तमा कार्यक्रमलाई सफल बनाउन विशेष सहयोग पुर्‍याउने संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्वअध्यक्षहरु शिवशरण गुरुङ, अर्जुनकुमार गुरुङ, खानपिन व्यवस्थाका लागि खाद्य संयोजक हरिमान गुरुङ र उपाध्यक्ष बिन्दु घले, आमा समूहका अध्यक्ष उमादेवी गुरुङ र अन्य धेरै दिदीबहिनीहरु र दाजुभाइहरुले सहयोग गरेको तमु समाजले जनाएको छ ।

स्वादिष्ट भोजन तथा पेय पदार्थ व्यवस्थाका लागि सहयोगी दाजुभाइ दिदीबहिनीहरुलाई आभारसहित धन्यवाद व्यक्त गर्दै कार्यक्रम बिसर्जन गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!