ट्होटें पर्वमा अर्मला स्वास्थ्य केन्द्रलाई हङकङको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

SHARE:

हुम तमु
पोखरा, २६ साउन । कोरोना कहरको बिच तमु धिं नेपालले तमु समुदायको परम्परागत साँस्कृतिक पर्व ट्होटें साउनको अन्तिम मंगलवार सांकेतिक रुपमा मनाएको छ। सँस्कृतिको संरक्षण, निरन्तरताका लागि सिमित संख्यामा मनाइएको ट्होटेंमा पोखरा १६ अर्मलास्थित स्वास्थ्य केन्द्रलाई अति आवाश्यक अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ।

कोरोना भाईरस (कोभिड–१९) महामारीको बिषम परिस्थितीमा मातृभूमि नेपाललाई सहयोग गर्ने उद्देश्यले हङकङ नेपाली महासंघले शुरु गरेको “हेल्प नेपाल–फाईट कोभिड–१९ अभियान” अन्र्तगत तमु धिं नेपालले अर्मला स्वास्थ्य केन्द्रका लागि पोखरा महानगरपालिका वडा नं.१६ वडा अध्यक्ष जीवन आचार्य, वडा सदस्य राजेश गुरुङ, अर्मलाका विशिष्ट व्यक्तित्व प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङलाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, ट्होटें पर्व कार्यक्रमका प्रमुख अतिथि नासु गंगाबहादुर गुरुङ लगायतले १० लिटरको १ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो।

हङकङबाट प्राप्त ४ वटा कन्सन्ट्रेटर मध्ये पोखरा नजिकै रहेको अर्मला स्वास्थ्य केन्द्रलाई कोरोनाको संक्रमणको बेला अक्सिजन कन्सन्ट्रेटर अति आवाश्यक महसुस गरी एक वटा सहयोग हस्तान्तरण गरिएको बताउनुहुदै तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले कन्सन्ट्रेटरले अर्मलावासी लगायत अर्मला स्वास्थ्य केन्द्रमा उपचार गर्ने बिरामीले धेरै सुविधा पुग्ने विश्वास व्यक्त गर्नुभएको ।

अक्सिजन कन्सन्ट्रेटर पोखरा १६ को अर्मला स्वास्थ्य केन्द्रलाई सहयोग गरेकोमा पोखरा महानगरपालिका वडा नं.१६ कार्यलय, अर्मला स्वास्थ्य चौकी, अर्मलाबासीका तर्फबाट हङकङ नेपाली महासंघ,“हेल्प नेपाल–फाईट कोभिड–१९ अभियान”,दातृ संस्था सोअर्स एक्शन लगायत सहयोगीहरु र सहयोगको उपलब्ध गराउन समन्वयको भुमिका खेल्ने तमु धिं नेपाललाई धेरै धेरै धन्यवाद व्यक्त गर्नुभयो। उहाँले कन्सन्ट्रेटर उक्त क्षेत्रको स्वास्थ्य सेवाका लागि अत्यन्त महत्वपुर्ण उपकरण हुने भन्दै कोरोनाबाट बच्न र बचाउन सबैको ध्यान दिनुपर्ने बताउनुभयो।

कोरोना भाईरस (कोभिड–१९) महामारीको बिषम परिस्थितीमा मातृभूमि नेपाललाई सहयोग गर्ने उद्देश्यले हङकङ नेपाली महासंघले शुरु गरेको “हेल्प नेपाल–फाईट कोभिड–१९ अभियान” अन्र्तगत नेपालमा २०० वटा अक्सिजन कन्सन्ट्रेटरहरु सहयोग वितरणको क्रममा कास्कीमा समन्वय गर्दै तमु धिं नेपालले सोमबार विश्व आदिवासी दिवसको अवसरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई २ वटा कन्सन्ट्रेटर हस्तान्तरण गरिएको थियो भने अब १ वटा पोखरा ३० मोहरियास्थित संक्रामक तथा सरुवा रोग अस्पताललाई हस्तान्तरण गर्न बाँकी रहेको तमु धिं अध्यक्ष गुरुङले बताउनुभयो।

हङकङ नेपाली महासंघले आइतवार तमु धिं नेपाललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर कास्कीका लागि सहयोग हस्तान्तरण गरेको थियो।
तमु धिं नेपालकी आजीवन सदस्य समेत रहनु भएकी हङकङ नेपाली महासंघकी निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार एवम “हेल्प नेपाल–फाईट कोभिड–१९ अभियान”की संयोजक रिता गुरुङको पहलमा दातृ संस्था सोअर्स एक्सनको बिशेष सहयोगमा नेपालको ७ वटा प्रदेशमा रहेका ७७ जिल्लाका नेपाल सरकारद्वारा तोकिएको प्राथमिक स्वास्थ्य केन्द्र तथा जिल्ला अस्पतालमा १० लिटर प्रति मिनेट क्षमताको २०० वटा अक्सिजन कन्सन्ट्रेटर निःशुल्क वितरण अन्तिम चरणमा पुगेको बताउनुभयो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!